१९ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधी नेपाललाई, हङकङ ५ विकेटले पराजित
काठमाडौं, १ असोज । १९ वर्षमुनिको एसीसी इस्टर्न रिजन क्रिकेटको उपाधी नेपालले हात पारेको छ । फाइनल खेलमा हङकङलाई ५ विकेटले हराउँदै नेपालले उपाधी हात पारेको हो ।

नेपालले १४.४ ओभर मात्र खेलेर ५ विकेट गुमाएर हङकङले दिएको ७७ रनको लक्ष्य पूरा गरेको हो । यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले ३२.१ ओभरमा सबै विकेट गुमाएर ७६ बनाएको थियो ।


