भीमनारायण गोल्ड कप : बिर्तामोड युनाइटेडलाई हराउँदै ब्वाईज यूनियन काठमाण्डौले जित्यो उपाधी !
धनकुटा खबर, असोज १ । ब्वाईज युनियन क्लव काठमाण्डौले धनकुटामा जारी शहीद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटवल प्रतियोगिताको १३ औ संस्करणको उपाधि जीतेको छ ।

आईतबार भएको फाईनल खेलमा पेनाल्टी सुट आउटमा डिफेन्डिङ्ग च्याम्पिएयने बिर्तामोड युनाइटेड क्लव झापालाई ३ – २ गोल अन्तरले पराजित गदै उपाधी जीतेको हो ।
खेलको पहिलो हाफमा कुनै गोल नभएपनि खेलको स्रो हाफ पछिको निर्धारीत समयमा दुबै टिमबाट २–२ गोल भएर खेल पेनाल्टी सुट आउटमा गएको थियो ।

खेलको दोस्रो हाफको ५ मिनेटमा अबिषेक लिम्बुको गोलमा ब्वाईज युनियनले अग्रता लिएको थियो ।
तर बिर्तामोडका लागि कर्ण लिम्बुले दोस्रो हाफकै ३१ र ३२ औ मिनेटमा दुईगोल गरेर झापालाई अग्रता दिलाएका थिए ।
तर त्यसपछि झापाका दिलने लोक्तेनले डि–बक्स एरियामा गरेको फलका कारण खेलको ३४ औ मिनेटमा ब्वाईजका आसिक थापा मगरले लगाएको पेनाल्टि गोलबाट खेल बराबरी भएको थियो ।
त्यपछि भएको पेनाल्टी सुट आउटमा बिर्तामोडले २ गोल र ब्वाईजले ३ गोल गर्दै यूनियन बिजयी भएको हो ।
ब्वाईजका तर्फबाट जया गुरुङ्ग,आशिक थापा मगर र सेडिक गुरुङ्गले गोल गरेका थिए ।
रुपेश केसीको गोल किप्परले रोकेर बिफल भएको थियो भने माटिन्सले हानेको गोल पोलमा ठोकिएर गोल हुन सकेन ।
उता झापाका सुमेन मैनाली र योगेश गुरुङ्गले गोल गरेका थिए । करण लिम्बु ,बुद्ध लिम्बु र रवि थापा मगरले हानेको गोल गोल किप्परले रोकेको थियो ।
बिजयी खेलाडिहरुलाई शहिद पत्नि लक्षिम श्रेष्ठ र उनका पुत्रद्वय मनोहर र मनोजनारायण श्रेष्ठले नगद पुरस्कार ट्रफी र मेडल प्रदान गर्नुभएको थियो ।
बिजेता ब्वााईज यूनियनले उपाधि संगै नगद रु १ लाख रुपैया हात र उपबिजेता झापाले नगद ५० हजार जीतेको छ ।
फाईनल खेलको म्यान अफ दी म्याच झापाका करण लिम्बु भए भने खेल अबधि भरीका म्यान अफ दी सिरिज बिजेता टोलीका जर्सी नं.६ का नाईजेरियन खेलाडी कोने भएका छन् ।
खेल अबधीभरी सबैभन्दा धेरै समचार सम्प्रेषण गर्ने सन्चारकर्मीहरु हरिबहादुर लम्जेल र रविन कट्टेललाई नगद पुरस्कारले पुरस्कृत गरिएको थियो ।


