नेपाल भुटानसँग १-० ले पराजित

काठमाडौं, असोज ४ । भुटानमा जारी यु–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत्को आफ्नो पहिलो खेलमा नेपालले घरेलु टोलीसँग पराजय व्यहोरेको छ ।

बुधबार भएको खेलमा नेपाल १–० ले पराजित भएको हो । खेलको अन्तिम समयमा नेपाली खेलाडीले डी बक्सभित्र बललाई हातले छोएपछि पाएको पेनाल्टीलाई भुटानले सदुपयोग गर्दै गोलमा परिणत गरेको हो ।

प्रतियोगितामा भुटानले लगातार दोस्रो जित हासिल गरेको छ । भुटानले पहिलो खेलमा माल्दिभ्सलाई १–० ले नै पराजित गरेको थियो ।

प्रतियोगितामा नेपाल र भुटानसँगै बंगलादेश, भारत र माल्दिभ्स रहेका छन् । ‘राउन्ड रोबिन’ लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष स्थानमा रहने टोली च्याम्पियन बन्नेछ । नेपालको दोस्रो भिडन्त शुक्रबार माल्दिभ्ससँग हुनेछ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।