हङकङसँग नेपाल ८३ रनले पराजित
काठमाडौं, २७ असोज । विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नेपाल हङकङसँग पराजित भएको छ ।

एक सय ९५ रनको लक्षय पक्ष्याइरहेको नेपालले लक्ष्य भन्दा पहिले नै पुरै विकेट गुमायो । आज नेपालका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन् ।
योसँग सन् २०१९ मा हुने विश्वकप छनौट खेल खेल्ने नेपालको सम्भावना लगभग समाप्त भएको छ ।


