फिफा वरियता मा नेपाल एक स्थान तल झर्यो, यी हुन् उत्कृष्ट १५ देश

काठमाडौं । फिफा वरियतामा नेपाल एक स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल एक स्थान तल झरेर १ सय ७६ औँ स्थानमा पुगेको छ ।

यसअघि नेपाल १ सय ७५ औँ स्थानमा थियो । दक्षिण एसियामा भारत १०५ औँ स्थानमा छ । त्यसैगरी अफगानिस्तान १ सय ५४ औँ स्थानमा, माल्दिभ्स १ सय ५६ औँ, भुटान १ सय ९० औँ र बङ्गलादेश १ सय ९६ औँ स्थानमा छ । यस्तै श्रीलंका १ सय ९८ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् ।

विश्व वरियतामा जर्मनी शीर्ष स्थानमा छ । ब्राजिल दोश्रो र पोर्चुगल तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार तुर्किमिनिस्तानले गरेको छ । तुर्केमिनिस्तान २२ स्थान माथि चढ्दै १ सय १४ औँ स्थानमा पुगेको छ ।

यी हुन् उत्कृष्ट १५ देश

जर्मनी
ब्राजिल
पोर्चुगल
अर्जेन्टिना
बेल्जियम
पोल्याण्ड
फ्रान्स
स्पेन
चिली
पेरु
स्वीटजरल्याण्ड
इंग्ल्याण्ड
कोलम्बिया
वेल्स
इटाली



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।