नेपाली खेलाडीले कास्यपदक जिते !

काठमाडौँ । थाइल्याण्डको बैंककमा भएको बैंकक म्याराथनमा नेपालका रामकृष्ण महर्जन र धर्म महर्जनले कास्य पदक हात पारेका छन् ।

दुवै खेलाडीले फूल म्याराथनमा पदक जितेका हुन् । रामकृष्णले ५०–५९ वर्षको उमेर समूहमा ३ घण्टा १० मिनेट समय खर्चदै दूरी पूरा गरेको टिम व्यवस्थापक रजत श्रेष्ठले जानकारी दिए ।

त्यसैगरी धर्मले ४०–४९ उमेर समूहमा तीन घण्टा आठ मिनेटमा दौड सकाए । दुवैले जनही रु पाँच हजार भाट नगद पुरस्कारसमेत पाएको व्यवस्थापक श्रेष्ठले बताए ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी धावक वैकुण्ठ मानन्धरले नेपाली टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।