म्याग्दी प्रदेश ख मा एमाले विजयी, संघ र प्रदेश ‘क’ मा वाम गठवन्धनको अग्रता कायमै
म्याग्दीको प्रदेश सभा ‘ख’ मा एमालेकी नरदेवी पुन १०८७२ मतसहित विजयी भएकी छिन् । पुनले २८७८ मत अन्तरले विजयी भएकी हुन् । पुनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका अमलाल फगामीले ७९९० मतसहित पछ्याएका छन ।

त्यसैगरी घोषित पछिल्लो मतगणना परिणाम अनुसार प्रतिनिधि सभामा एमालेका भुपेन्द्रबहादुर थापाले १७१९९ मत सहित अग्रता कायम राखेका छन् । थापालाई कांग्रेसका खमबहादुर गर्वुजाले १५५७३ मतले पछ्याएका छन । प्रतिनिधि सभामा ४७४०४ मत खसेको छ ।
त्यसैगरी प्रदेश सभा ‘क’ मा माओवादी केन्द्रका विनोद केसीले १२१२६ र राप्रपाका भीमप्रसाद गौचनले १०८६८ मतले अग्रता लिएका छन । प्रदेश १ मा २७६९१ मत खसेको छ ।


