नेपालले पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट उपाधि जित्यो (हेर्नुहोस् भिडियो सहित)

पहिलो अन्तर्राष्ट्रिय ह्विल चेयर क्रिकेट उपाधि नेपालले जितेको छ। त्रिवि क्रिकेट मैदानमा शनिबार भएको फाइनलमा बंगलादेशलाई ५४ रनले हराउँदै नेपालले जित हासिल गरेको हो।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६० रन बनायो। नेपालका लागि दिगम चेम्जोङले अविजित ७९ रनको योगदान दिए। ६२ बल खेलेका उनले १० चौका प्रहार गरेका थिए।

यस्तै नवीन राईले ५९ रन बनाए। ५२ बल खेलेका उनले ८ चौका प्रहार गरे।

जंगबहादुर थापा ४ रनमा एलबिडब्लुको धरापमा परे भने विपिन पौडेल १ रनमा अविजित रहे।

बंगलादेशका रिपोन उदिनले २ विकेट लिए।

१६१ रनको लक्ष्यसहित मैदानमा उत्रिएको बंगलादेशले १८.२ ओभरमा अलआउट हुँदै १०६ रनमा समेटियो।

बंगलादेशलाई सस्तैमा रोक्ने क्रममा नेपालका विपिन पौडेलले ३ विकेट लिए।

आजको खेलमा म्यान अफ द म्याच दिगम चेम्जोङ भए।

यसअघि हिजो नेपालले भारतलाई ६५ रनले हराएर फाइनलमा प्रवेश गरेको थियो। पहिलो खेलमा नेपालले बंगलादेशलाई ९ विकेटले हराएको थियो।

यस्तै प्रतियोगिता नविन राई उत्कृष्ट ब्याट्सम्यान भए। बेष्ट बलरको उपाधि विपिन पौडेलले हासिल गरे भने वेष्ट किपर राजु गुरूङले जिते। म्यान अफ दि सिरिजको उपाधि दिगेम लिम्बुले जिते। विजयी खेलाडीलाई राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशव विष्टले पुरस्कृत गरे।

ह्विलचियर क्रिकेट संघको आयोजनामा भएको त्रिकोणात्क टि ट्वान्टी क्रिकेट प्रतियोगितामा नेपाली टिमको कप्तानी हिमाल आर्यालले निभाएका छन्।

सुशील कोइराला मेमोरियल फाउन्डेसनको सहयोगमा भएको प्रतियोगितामा अपांगले पनि देशको नाम झन्डा फहराउन सक्छन् भन्ने उदाहरण दिन सकियोस् भनेर गरिएको आयोजकको भनाइ छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।