किपरले बल ठानेर आफ्नै टिमका साथीको टाउँको समातेपछि…

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको वेष्ट ह्याम र लण्डन क्लब टोटनह्यामबीचको खेलमा निकै रोचक दृष्य देखियो।

जब खेलमा गोलरक्षक एड्रियनले बलको साटो आफ्नै टिमका खेलाडीको टाउको समात्न पुगेका थिए। वेम्बलीमा भएको खेलमा कर्नर किकको बल रोक्ने प्रयासमा रहेका एड्रियनले आफ्नै टिमका खेलाडी चेखाउ कोयाटेको टाउको समातेका हुन्।

बल समात्न लागेका एड्रियनले बल ठानेर कोयाटेको टाउको समातेका थिए। उक्त तस्वीर अहिले समाजिक सञ्जालमा भाइल बनेको छ। उनका समर्थकले बलको आकार भएको जस्तोसुकै बस्तु समात्न र रोक्न सक्ने गोलरक्षक बन्दै समर्थन गरेका छन्।

गएराति भएको खेलमा वेष्ट ह्यामले लण्डन क्लब टोटनह्यामलाई १–१ को बराबरीमा रोकेको थियो। टोटनह्यामलाई बराबरीमा रोक्नुमा वेष्ट ह्यामका स्पेनिस गोलरक्षक एड्रियनको महत्वपूर्ण भूमिका छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖