नवयुगको गोलले त्रिभुवन आर्मी सेमिफाइनलमा

धनगढी । धनगढीमा जारी ‘नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप फुटबल प्रतियोगिता’ अन्तर्गत विहीबार भएको खेलमा त्रिभुवन आर्मीले थ्री स्टारलाई पराजित गर्दै सेमिफाइनलको यात्रा तय गरेको छ।

आर्मीले थ्री स्टारलाई एकका विरुद्ध दुई गोल गरी सेमिफाइनलको यात्रा तय गरेको हो। हारसँगै थ्री स्टारको अघिल्लो यात्रा रोकिएको छ। आर्मीका नवयुग श्रेष्ठले पहिलो हाफको शुरुमै गोल गरेर आफ्नो टोलीलाई अग्रता दिलाएकामा दोस्रो हाफको ४९औँ मिनेटमा आर्मीकै सुमन अर्यालले अर्को गोल थपेका थिए।

पहिलो हाफमा आर्मी थ्री स्टारमाथि पूर्ण रुपमा हावी भएको थियोे। दोस्रो हाफको ५३ औँ मिनेटमा थ्री स्टारका निराजन खड्काले गोल फर्काएपछि प्रतिष्पर्धा रोमाञ्चक बनेको थियो। त्यसपछि थ्री स्टारले लगातार आक्रमण गर्दै आर्मीलाई दवावमा राख्न सफल भए पनि गोल भने गर्न सकेन। थ्री स्टारको प्रहारलाई आर्मीका गोल रक्षकले गोल हुनबाट विफल पारेका थिए।

आर्मीका टिम क्याप्टेन भरत खवास ‘म्यान अफ द म्याच’ घोषित भई पुरस्कृत भए। बलियो प्रतिद्वन्द्वीविरुद्ध आफ्नो टोलीले समयमै गोल गरेकाले जीत प्राप्त गरेको आर्मीका प्रशिक्षक नवीन न्यौपानेले बताए। थ्री स्टारका प्रशिक्षक मेघराज केसीले आफ्नो टोलीले राम्रो खेल्दा खेल्दै पनि सानो कजोरीका कारण दुई गोल खाएर पराजय भोगेको बताए। शुक्रबार मनाङ मस्र्याङ्दी र रुपन्देही–११ का बीच खेल हुने आयोजक सुदूरपश्चिम–११ स्पोर्टस् क्लबले जनाएको छ । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।