शरिर भन्दा टाउको ठूलो भएकी यी बालिकाको ज्यान यसरी बच्यो – भिडियो सहित
यस अघिपनि हज्जारौं गरिब निमुखा परिवारलाई निःशुल्क स्वास्थ्योपचार गरेको नोवेलले चौधरी परिवारको अवस्था देखेर बालिका पवित्राको निःशुल्क अप्रेसन गरिदियो ।
अहिले चौधरीको परिवारमा नोवेल हस्पिटलका कारण खुसी फर्किएको छ ।
नोबेलले निःशुल्क शल्यक्रिया गर्दिएपछि छोरीको ज्यान बचेको भन्दै चौधरीले खुशी ब्यक्त गरे । ‘पैसा नभएकाले छोरीको ज्यान जोगाउँन सक्छु भन्ने लागेको थिएन ।’
खुशी हुँदै चौधरीले भने–‘नोबेलले निःशुल्क अप्रेसन गरेर छोरीको ज्यान बचाईदियो, टाउँकोमा बर्षौदेखि बोकेको भारी नै बिसाएजस्तो भयो ।’
यता बालिकाकी आमा मिनाले पनि निःशुल्क अप्रेसन गरेर छोरीको ज्यान बचाएर नोबेल अस्पतालले गुन लगाएको प्रतिक्रिया दिईन् ।
पैसा नहुँदा छोरीलाई उपचारका लागि कतै लैजान नसकेको बिगतको पीडा सुनाउँदै मिनाले भनिन् ‘धन्न नोबेलले दया गर्दिनाले छोरीको ज्यान बच्यो ।’


