प्रदेश १ बाट मन्त्रीमा एमालेका ४ र माओवादीका २ दावेदार

काठमाडौं, १३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहप्रदेशमा ओली मन्त्रिपरिषदमा सहभागि हुने आकांक्षीहरु बढेका छन् । ओलीले प्रधानमन्त्री पदको सपथग्रहण गरेकै दिन नियुक्त भएका दुई मन्त्री मध्ये लालबाबू पण्डित प्रदेश नं १ बाट परिसकेका छन् ।

पण्डित मोरङ ६ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । मन्त्रिपरिषदलाई पूर्ण आकारको बनाउन निर्णायक पहल भइरहेका बेला प्रदेश १ बाट मन्त्री बन्ने आकांक्षी भने करिव आधा दर्जन देखिएका छन् । एमालेबाट सचिव योगेश भट्टराई, केन्द्रीय सल्लाहकार परिषद सदस्य तथा पूर्व कोसी अञ्चल इन्चार्ज राजेन्द्र गौतम, यसअघिको संसदीय दलमा प्रमुख सचेतकको भूमिका निर्वाह गरेका पोलिटब्युरो सदस्य भानुभक्त ढकाल, यसअघि ०४८ सालमै पनि सांसद जितेका नेता वसन्त नेम्वाङ मन्त्रीका आकांक्षी छन् ।

त्यसमध्ये प्रदेश १ बाट यसअघि नै लालबाबू पण्डित मन्त्रीपरिषदमा परिसदमा परिसकेकाले बाँकी आकांक्षी मध्येबाट मन्त्री छनौट हुने अनुमान गरिएको छ । मधेसी समुदायका लालबाबू क्याविनेटमा परिसकेका छन् भने जनजाति समुदायका शेरधन राई मुख्यमन्त्री निर्वाचित भइसकेका छन् । प्रदेश १ बाट अव बन्ने मन्त्री खसआर्य समुदायबाट पर्न सक्ने अनुमान गरिएको छ ।

माओवादीले पनि प्रदेश १ बाट मधेसी वा जनजाति समुदायबाटै मन्त्री पठाउन सक्ने देखिएकाले प्रधानमन्त्री ओली यी आकांक्षी मध्येबाट जिम्मेवारी दिने पक्षमा रहेको वताइएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।