१७ औं पटक प्रधानमन्त्रीको लागि उम्मेदवार भईसकेका रामचन्द्र पौडेल ‘छायाँ सरकार’का प्रधानमन्त्री !
काठमाडौं । नेपाली कांग्रेसले वर्तमान सरकारका गतिविधि नियाल्न छाँया सरकार बनाउने भएको छ ।
छाँया सरकारले प्रधानमन्त्री केपी ओलीसहित सबै मन्त्रिका गतिविधिको नजिकबाट अनुगमन गर्नेछ । कुनै गलत कार्य भईरहेको अवस्थामा छाँडा सरकारले खवरदारी गर्नेछ । त्यसको लागि जति मन्त्रालय छन् त्यत्तिकैको संख्या मन्त्री पनि बनाउनेछ ।
एमाले र माओवादीबीच भएको सहमति अनुसार अब प्रधानमन्त्रीसहित १८ सदस्यीय मन्त्रिमण्डल हुनेछ । कांग्रेसको छाँया सरकार पनि १८ सदस्यीय हुनेछ । छाँया सरकारको नेतृत्व वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने कांग्रेस निकट स्रोतले जनाएको छ ।
स्मरण रहोस् पौडेल यसअघि प्रधानमन्त्रीको लागि १७ पटक उम्मेदवार भईसकेका थिए ।
सरकारको गतिविधि नियाल्न कांग्रेसले यसअघि मन्त्री भईसकेका नेताहरुलाई छान्नेछ । ताकी उनीहरुले विगतको आफ्नो अनुभवका आधारमा सरकारका गतिविधि नियाल्न सकुन् । उनीहरुले प्रत्येक मन्त्रालयमा गएर हरेक दिनको गतिविधिको अध्ययन, विश्लेष तथा खबरदारी समेत गर्नेछन् ।


