देउवा विरुद्ध वरिष्ठ नेता रामचन्द्र पौडेलको अर्को रणनीति, सांसदलाई बोलाए आफ्नै निवास

काठमाडौँ, १४ फागुन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रतिनिधिसभा र प्रदेशसभामा निर्वाचित पार्टीका सांसदहरुसँग छलफल गर्दैछन् ।

पौडेलले सांसदहरुलाई सोमबार दिउँसो आफ्नै निवास बोहराटारमा बोलाएर छलफल गर्दैछन् । उनले पौडेलले पार्टी कमजोर बन्नुको कारण र सशक्त बनाउने बिषयमा छलफल गर्ने बताइएको छ ।

पौडेलले आइतबार पार्टी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाको कार्यशैलीको आलोचना गरेका थिए ।

पार्टीलाई क्रियाशील बनाउने अभियान थाल्ने तयारी गरेको पौडेल पक्षको दाबी छ । उनले केन्द्रदेखि गाउँ इकाईसम्मै अभियान थाल्ने तयारी गरेका छन् । सोमबारको छलफलमा पार्टीमा सभापति देउवाले खेलेको भूमिका र प्रभावको विषयमा समेत छलफल हुनेछ । त्यस्तै निर्वाचित सांसदले संसदमा खेल्ने भूमिकाको विषयमा पनि छलफल हुने पौडेलनिकट स्रोतले जनाएको छ ।

आउँदो २१ गते संसदीय दलको नेता चयन गर्ने मिति तोकेकाले सोमबार पौडेलले बोलाएको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।