हँसिलो मुख लिएर उपेन्द्र यादव बालुवाटारबाट बाहिरिए
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघिय समाजबादी फोरमका अध्यक्ष उपेन्द्र यादवबीच बालुवाटार बैठक सम्पन्न भएको छ । हँसिलो मुख लिएर फोरम अध्यक्ष यादव पार्टीमा छलफल गर्न बालुवाटारबाट बाहिरिएका छन् ।
एमाले र माओवादी केन्द्रका अध्यक्षले आपसी समझदारीका आधारमा संविधान संशोधन गर्ने प्रतिबद्धता जनाएपछि फोरम पनि सरकारमा सहभागि हुने भएको छ । फोरमले राखेका चार बुँदे मागमा ओली र दाहाल सकारात्मक देखिएका छन् । संविधान संशोधनको मुद्दामा प्रतिबद्धता जनाए फोरमले सरकारमा जाने बताउँदै आएको छ ।
आइतवार मध्यरातमा प्रधानमन्त्री ओलीसँग संवाद गरेका यादव सोमबार विहान पुन बालुवाटार पुगेका थिए । बालुवाटारमा तीन जनाबीच छलफल भएको थियो । छलफलपछि हँसिलो अनुहार लिएर पार्टीमा छलफल गर्न यादव तीनकुनेतिर लागेका छन् ।
पार्टीमा छलफल भएपछि फोरमबाट जाने मन्त्रीहरुले सोमबार नै सपथ लिनेछन् । दुई अध्यक्षले यादवलाई परराष्ट्रसहित दुई मन्त्रालय र एक राज्यमन्त्री दिने सहमति गरेका छन् । बालुवाटारको संदेश लिएर यादव पार्टी बैठकमा पुगेका छन् । एमाले र माओवादीबाट मन्त्री हुनेहरुले सोमबार दिउँसो ४ बजे सपथ लिदैछन् । – एस काठमाडौं


