मन्त्री बन्न नपाएको झोकमा राजिनामा दिएका शाहीले यसकारण राजीनामा फिर्ता लिने

काठमाडौँ, १५ फागनु । प्रदेश सरकार गठन गर्दा आफूमाथि अन्याय भएको भन्दै राजीनामा दिएका कर्णाली प्रदेशका प्रदेशसभा सदस्य चन्द्रबहादुर शाहीले राजीनामा फिर्ता लिने भएका छन् ।

सरकार गठनका क्रममा केही कमजोरी भएको स्वीकार गर्दै पार्टीले राजीनामा फिर्ता लिन पत्र काटेपछि शाहीले राजीनामा फिर्ता लिन लागेको बताएका छन् । उनले आफूले पार्टीको निर्देशन मानेर राजनीमा फिर्ता लिन लागेको जनाएका छन् ।

शाहीको राजीनामाको बिषयमा पार्टी स्थायी समितिमा छलफल भएपछि एमालेले कमजोरी भएको भन्दै राजीनामा फिर्ता लिन पत्र काटेको थियो । पत्रमा उनलाई भविश्यमा उचित जिम्मेवारी दिने समेत आश्वासन दिइएको छ ।

प्रदेश सरकारमा मन्त्री छनोट गर्दा आर्थिक चलखेलका आधारमा गरेको आरोप लगाउदैँ शाहीले प्रदेशसभा सदस्यबाट पार्टी सदस्यसमेत नरहने गरी राजीनामा दिएका थिए । शाही प्रदेश सभामा मुगुबाट निर्वा्चित सांसद हुन ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।