छाला को रोगबाट बच्न यसरी खेल्नुहोस् होली…
रंगहरुको पर्व होली अर्थात फागुपुर्णिमा भोली मनाइँदै छ । काठमाडौं उपत्यका सहित पहाडी क्षेत्रमा भोलि होली मनाइदै छ भने तराईमा भने शुक्रबार होली मनाइदै छ ।
होलीका क्रममा रंगको धेरै प्रयोग हुने गरेको छ । यसरी रंगको प्रयोग गरेर खेलिने होलीमा सावधानी अपनाउनु जरुरी छ । रंगको प्रयोगले छालामा विभिन्न समस्याहरु देखिन सक्छ । पानी सहित खेलिने होलीका लागि पानी सफा हुन जरुरी छ ।
होली खेल्नका लागि यस्तो तयारी गर्नुस्
– होली खेल्नका लागि छुट्टै पहिरनको व्यवस्था गर्नुस् ।
– पातला खालको टिसर्ट वा पान्टको प्रयोग गर्नुस् जो चाडो सुक्न सकोस् ।
– सकेसम्म पूरै छालालाई डाक्ने खालका कपडाको प्रयोग गर्नुस् ।
– कपडाले नछोपेको शरीको भागमा क्रिम लगाउनुस् ।
– राम्रा र गुणस्तरीय खालका रंगहरु मात्र खेल्नु होस् ।
– होली खेलिसकेपछि नुहानु होस् ।
– शरीरमा लागेको रंगलाई रगटेर नभइ नुहाएर हटाउनुहोस् ।
लोकान्तरबाट


