‘स्वास्थ्यकर्मीहरू दुर्गम जान नमाने कारबाही’

हेटौंडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले स्वास्थ्यकर्मीहरू दुर्गम जान नमान्ने प्रवृत्ति देखिएकाले त्यसो गर्नेलाई कारबाही गर्ने चेतावनी दिएका छन् ।

स्वास्थ्य सेवा दिवससम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रदेश कानुन बनाएर त्यसलाई कार्यान्वयन गर्न एक इन्च पनि नडगमगाउने प्रतिबद्धता जनाए । ‘६० लाख छात्रवृत्ति दिएर सरकारले पढाएको डाक्टर विदेश जान्छन्,’ उनले भने, ‘दुर्गममा जानुपर्ने सर्त नमान्नेलाई छात्रवृत्ति दिएर पढाउनुको के अर्थ ?’ उनले ९ सय डाक्टर सहरी क्षेत्रमा मात्रै केन्द्रित भएको जानकारी दिँदै त्यसको ६० प्रतिशत काठमाडौंमै थुप्रिएको बताए ।

मकवानपुरमा १ हजार बेड क्षमताको अस्पताल आवश्यक रहेको तर्क गर्दै उनले क्षेत्रीय अस्पताललाई स्तरोन्नति गर्न आफू लागिपर्ने बताए । ‘हेटौंडामा १ हजार बेडको अस्पताल आवश्यक भए पनि अहिलेको क्षमता १ सय ५० बेड मात्रै छ,’ उनले भने, ‘क्षेत्रीय अस्पतालको बोर्ड लागेको १२ वर्ष भए पनि यसको सुधार भएको छैन, अघिल्लो सरकारले विधिवत् घोषणा गरेको हो भने यसलाई ३ सय बेड क्षमताको बनाउन म लाग्छु ।’

क्षेत्रीय स्वास्थ्य निर्देशक मदनकुमार उपाध्यायले संघीयतामा जाँदा स्वास्थ्य सेवा थप मजबुत हुने दाबी गरे । हेटौंडा अस्पताल विकास समितिका अध्यक्ष रमेश गिरीले मेडिकल कलेज र ट्रमा सेन्टर स्थापनाका लागि पहल गर्न आग्रह गरे । जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख रामचन्द्र पाठकले संघीयतामा स्वास्थ्य सेवा कसरी अघि बढ्छ भन्ने चिन्ता व्यक्त गरे ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।