कञ्चनपुरमा एड्सबाट १४२ जनाको मृत्यु

भीमदत्तनगर, २३ फागुन । कञ्चनपुरमा एचआइभी एड्सको संक्रमणबाट हालसम्म १४२ जनाको मृत्यु भएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयले दिएको जानकारी अनुसार जिल्लामा एचआइभी संक्रमितको संख्या ४८९ जना रहेको छ । कार्यालयका जनस्वास्थ्य निरीक्षक रतन विष्टले जिल्लाका २५८ एचआइभी संक्रमितले महाकाली अञ्चल अस्पतालमा नियमित औषधि सेवन गरिरहेको जानकारी दिनुभयो ।

“शुरुवातका दिनमा संक्रमितहरु खुलेर आउन अप्ठ्यारो मान्ने गरेका थिए । पछिल्लो समय उनीहरु स्वास्थ्य सेवा लिन आउने गरेका छन्,” उहाँले भन्नुभयो । जिल्लामा ५० जनाभन्दा बढी बालबालिका एचआइभीबाट संक्रमित छन् । महिलाभन्दा पुरुषमा यसको संक्रमण बढी देखिएको विष्टले बताउनुभो ।

जिल्लामा नेपाल राष्ट्रिय समाज कल्याण संघ(एनएनएसडब्लुए), थागिल विकास समाज, ‘ब्लु डायमण्ड’ सोसाइटीलगायत गैरसरकारी संस्था एचआइभी न्यूनीकरणका क्षेत्रमा सक्रिय छन् । संक्रमितलाई निःशुल्क रुपमा औषधी र स्वास्थ्य सेवा प्रदान गरिँदै आएको महाकाली अञ्चल अस्पताल एआरटी शाखाका प्रमुख नन्दराम भट्टले बताउनुभयो ।

“संक्रमित नियमित औषधि सेवनका लागि आउने गरेका छन्,” उहाँले भन्नुभयो । औषधि सेवन गर्न आउनेमा २० जनाभन्दा बढी बालबालिका रहेका छन् । संक्रमितलाई सबैखाले स्वास्थ्य सेवासँगै यातायात सुविधासमेत दिने गरेको भट्टले बताउनुभयो । संक्रमितलाई अन्य अस्पताल पठाउन समेत विभिन्न गैरसरकारी संस्थाले सहयोग गर्दैआएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।