सरकारविरुद्ध उत्रने बेला भएको छैन : डा.खड्का

गाईघाट, उदयपुर । पूर्व मन्त्री तथा सांसद डा नारायण खड्काले अहिले नै प्रतिपक्षका तर्फबाट वर्तमान सरकारविरुद्ध उत्रनुपर्ने बेला भइनसकेको बताउनुभएको छ ।

पार्टीको कामका लागि उदयपुर आइपुग्नुभएका उहाँले प्रेस युनियन उदयपुर शाखाद्वारा आज बिहान गाईघाटमा आयोजित पत्रकार सम्मेलनमा सो कुरा बताउनुभएको हो । डा खड्काले भन्नुभयो, “अहिल्यै सरकारको आलोचना गर्ने बेला भएको छैन । केपी ओली नेतृत्वको सरकार सञ्चालन भएको एक वर्ष पछि भने सबै कुराको मूल्याङ्कन गरेर अहिलेको जस्तै ढङ्गले अघि बढेमा भने नेपाली काँग्रेस सरकारविरुद्ध उत्रने छ ।”

वर्तमान ओली नेतृत्वको सरकार बहुमतको सरकार भएका कारण प्रमुख प्रतिपक्षले पनि पूरै अवधिसम्म सरकार चलोस् भन्ने चाहेको तर सरकारले जनता सामु बोलेका कुरा पूरा गर्न भने नसकेको आरोप डा खड्काले लगाउनुभयो ।

सरकारले अहिले यातायात व्यवसायीको एकाधिकार तोड्ने, चोर तथा गुण्डा नाइके पक्राउ गरेर कारबाही गर्ने र सुन तस्करलाई नियन्त्रणमा लिन तदारुकता देखाएकामा भने नेता खडकाले प्रशंसा गर्नुभयो ।

नेपालको दुई ठूला छिमेकी देश भारत र चीनसँग वर्तमान सरकारले लिएको सन्तुलनको नीति ठिक रहेको र बिम्स्टेक सम्मेलन पनि सफल बनाउन सरकार सफल भएको उहाँको धारणा थियो ।

अब सरकारले प्रतिपक्षप्रति कस्तो रवैया र नीति लिन्छ नेपाली काङ्ग्रेसले पनि सोहीअनुसारको सहयोग वा विरोध गर्ने कुरा निर्धारण हुने कुरा डा खड्काले बताउनुभयो । रासस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।