नेकपा संस्थागत ढङ्गले सञ्चालन हुन्छ : नेतृ घर्ती

परासी । पूर्वसभामुख एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य ओनसरी घर्तीले पार्टी एकीकरण र देश निर्माणको जिम्मेवारी एकै पटक आइलाग्दा जनअपेक्षानुसारको परिणाम देखिन ढिलाइ भएको बताउनुभएको छ ।

प्रेस चौतारी र प्रेस सेन्टर नेपाल पश्चिम नवलपरासी शाखाद्वारा संयुक्त रुपमा आज सुनवलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “पार्टी एकीकरण प्रक्रिया सकिएलगत्तै नेकपा संस्थागत ढङ्गले सञ्चालन हुनेछ ।”

नेकपा प्रदेश नं ५ का अध्यक्षसमेत रहनुभएका नेतृ घर्तीले पार्टी एकतामा ढिलाइ हुँदा सरकारको काममा पनि प्रभाव परेको स्वीकार गर्दै पार्टीले अब संस्थागत निर्णय गर्दै सरकारको कामलाई प्रभावकारी बनाउन सहयोग गर्ने बताउनुभयो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖