आफैंले गरेका प्रतिबद्धता कति पुरा गरे दलहरुले ? (भिडियो सहित)

नविन शर्मा । काठमाडौं । राष्ट्रलाई विकास र समृद्धिको मार्गमा अगाडि बढाउँछु भन्ने दलहरु यतिबेला आन्तरिक राजनीतिमा रुमल्लिरहेका छन् । यसले गर्दा उनीहरुका चुनावी प्रतिबद्धताप्रति विभिन्न आशंकाहरु उत्पन्न हुन थालेका छन् ।

राजनीतिक अस्थिरताबाट विश्राम लिदै मुलुक स्थिरतातर्फ अग्रसर भएको छ । निर्वाचनपछि जनताले नै चुनेका जनप्रतिनिधिहरुले यतिबेला मुलुकको बागडोर सम्हालिरहेका छन् । प्रधानमन्त्री केपी ओलीको नेतृत्वमा बनेको सरकारप्रति जनताको ठूलो भरोसा र विश्वास स्वाभाविक देखिन्छ । चुनाव अघि घोषणापत्र मार्फत देखाएका विकास र समृद्धिको सपना सबैलाई सर्वविदितै छ ।

दलका नेताहरुले गरेका चुनावी प्रतिवद्धता जनताले भुलेका छैनन् । सरकारको कामलाई जनताले ८ महिनादेखि नियालेर हेरिरहेका छन् । सरकारको गतिविधि र आचरणले जनताको मन भने जित्न सकिरहेको छैन । उनीहरु प्रति प्रश्न गर्छन्– आफ्नो काम कर्तव्यवाट सरकार किन उदासिन बनिरहेको छ ?

सरकार आफ्नो लक्ष्यबाट पन्छिदा आलोचित बन्नुपरेको भनाइ राजनीतिक विश्लेषकहरुको पनि रहेको छ । जनताको जस्तै राजनीतिक विश्लेषकहरुको पनि प्रश्न छ–आफैँले गर्छु भनेका काम गर्न पनि दल र सरकार किन उदासिन छन् ? विस्तृत रिपोर्टका लागि ईमेजखबरको यो भिडियो हेर्नुहोस्



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖