गोजीबाट छनोट गरिएको नेतृत्व स्वीकार नगर्ने नेपाल विद्यार्थी संघको चेतावनी (भिडियो सहित)

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको महाधिवेशनको लागि थपिएको मिति सकिएको समयमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले समय थपेरै भएपनि महिधिवेशन गर्न नेतृत्वलाई आग्रह गरेका छन् ।

रिपोर्टर्स क्लबन नेपालमा विधिवत महाधिवेशन पक्षधर विद्यार्थीहरुले आज पत्रकार सम्मेलन गरेर गोजीबाट छनोट गरिएको नेतृत्व आफूहरुले नस्वीकार्ने चेतावनी समेत दिए । विधिवत महाधिवेशन पक्षधर विद्यार्थी नेता एवम् नेविसंघ आर.आर क्याम्पसका ईकाइ सचिव ताराबहादुर थापाले महाधिवेशनको विकल्प महाधिवेशन भएको भन्दै पार्टीका नेताहरुको स्वार्थका कारण नेविसंघको भविष्य अन्धकार बनेको जिकिर गरे ।

उनले भने, ‘टिके प्रथा लोकतन्त्रविरोधी कार्य हो, हामी त्यसप्रकारको नेतृत्व स्वीकार गर्न सक्दैनौं, लोकतान्त्रिक माध्यामबाट नेतृत्व चयन गर्नुपर्छ, वास्तविक विद्यार्थी र वास्तविक नेविसंघका नेताहरुले नेविसंघको नेतृत्व लिनुपर्छ ।’

त्यस्तै, नेविसंघका नेता सुरेश परियारले इतिहासकै गम्भिर अस्तित्वमा पुगेको कांग्रेसले यतिबेला पनि विचार पुर्याउन र जनताको अपेक्षाअनुसार काम गर्न नसके बाँकी समयमा अस्तित्व गुम्ने खतरा रहेको बताए ।

उनले भने, ‘देशमा कम्युनिष्टले दुइ तिहाईको मत पाएको छ, जनताको मतअनुसार काम गर्न सकेको छैन्, यस समयमा पनि कांग्रेसले सोच्न सकेन र नेविसंघका बारेमा चिन्ता र चासो गर्न सकेन भने योभन्दा अर्को लाजमर्दो कुरा के हुन्छ ?’

उनले अघि थपे, ‘महाधिवेशनको विकल्प महाधिवेशन हो, नेविसंघमाथि राजनीति गरेर पार्टीका नेताहरुले महाभुल गरिरहनुभएको छ, यो ईतिहासकै गम्भिर भुल हो, कांग्रेस आन्तरिक विवादमा फसिरह्यो भने लोकतन्त्र खतरामा पर्छ, त्यस समयमा हामीले जिब्रो टोक्नुबाहेक अर्को विकल्प हुँदैन, नेविसंघको नेतृत्व गोजीबाट चयन गर्न खोजियो भने आन्तरिक लोकतन्त्रको हत्या हुन्छ, हामी चाहन्छौं, जुन मुर्खता पार्टीका नेताहरुले आफ्नो गुट र व्यक्तिगत लाभको लागि गर्नुहुने छै्न ।’

त्यस्तै कार्यक्रममा लक्ष्मी सिलवालले नेपाल विद्यार्थी संघको नेतृत्व तदर्थ समितिबाट चयन गरिए कडा प्रतिवाद गरिने चेतावनी दिएकी छिन् । उनले भनिन्, ‘बरु समय थपेर भएपनि संघको निर्वाचनबाट नेतृत्व चयन हुनुपर्छ, गत भदौमा संघको कार्यकाल सकिएपछि उत्पन्न जटिलतालाई चिर्नुपर्ने स्थिति छ, यस समयमा मैले भनेकोमात्रै हुनुपर्छ, मेरो मान्छे हुनुपर्छ, मेरो गुटको मान्छेले संघको नेतृत्व पाउनुपर्छ भन्ने खालमा अव्यबहारिक अडानहरुले गर्दा आजको स्थिति आएको छ, साझा दृष्टिकोणमार्फत संघको नेतृत्व चयन गर्नुपर्छ ।’

पत्रकार सम्मेलनमा नेताहरु शिवहरी तिमिल्सिना, जयराम डंगोल, शिशिर दवाडी, कमल तिमिल्सिना, श्रीकृष्ण भट्टराई, प्रेम जिसी, श्याम पाण्डे, प्रविणजंग कार्कीलगायतले समय थपेरै भएपनि संघको १२ औं महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन् ।

https://youtu.be/FigBcqHlHzc



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।