यसकारण घटाउदै छन् माहुरीले मह, बढाऊन यसो गर्नुहोस्…

धनकुटा । पछिल्लो समय मौरीले मह उत्पादन घटाई रहेको किसानले बताउने गरेका छन् । साथै माहरीका गोलाको आकार समेत सानो हुदै गएको किसानको अनुभव छ तर यसको मुख्य कारण के हो भनेर भने अधिकांस किसान लाई जानकारी छैन् किन मह उत्पादन घटि रहेको छ किन मौरी को संख्या घट्दै गएको छ लगायतका संदर्भमा धनकुटा खबरका संवाददाता विकास घिमिरेले कृषि ज्ञान केन्द्र धनकुटाका बालि संरक्षण अधिकृत सुर्य सापकोटासंग गरेको कुराकानीको सम्पादीत अंशः

पहिलो कुरा त धनकुटा जिल्ला पछिल्लो समय तरकारी उत्पादनका लागि अग्रणी जिल्लाको रुपमा कहलिदै आएको छ । पछिल्लो समय तरकारी उत्पादन बढाउनका लागि किसानले तरकारी बालिमा रासायनि बिषादीको प्रयोग बढाउदै लैजादा त्यसको प्रत्यक्ष असर मौरी पालनमा समेत परेको देखिन्छ यसले गर्दा मौरी मर्ने गर्दछन् यसले गर्दा मैरीको संख्या र गोलाको आर घट्नु स्वभाविक हो तर यसको कारण भने यो मात्र होईन चिउँरी, धुधिलो, धुसुरे लगायतका रुख विरुवा जस बाट मौरीले मह उत्पादनका लागि रस ल्याउदछ त्यस्ता रुख विरुवा लाई घाँसको रुपमा प्रयोग गर्ने गर्दा फुल फुल्न नपाई काटिने गरेको छ यसले गर्दा मौरीले रस ल्याउन पाउदैन त्यस्तै जंगलका अन्य रुखहरु पनि काटिने हुनाले मौरी लाई चरण क्षेत्र नहुदा पनि मौरीले मह उत्पादन घटाई रहेका छन् ।

किसानले तेलहन बलिको रुपमा रहेको तोरी लाई व्यावसायीक खेति गर्न काम छोड्दै जादा पनि यसको असर मौरी पालनमा परि रहेको छ साथै किसानले अहिले पनि जानेर वा नजानेर परम्परागत घारको प्रयोग गरि धेरै जसो किसानले मौरी पालन गरि रहनु भएको छ यसो गर्दा चिसोको समयमा मौरी धेरै मर्ने खतरा हुन्छ त्यसले गर्दा आधुनिक घारको प्रयो गर्न उपयुक्त हुन्छ साथै यस्तो घारको मह काड्दा अर्थात झिक्दा बच्चाहरु मर्ने गर्दछन् त्यसले गर्दा मौरी मर्ने र उत्पादन घट्ने गरेको छ ।

परम्परागत घार मा मौरी राख्दा कमिला छिरेर मह खाई दिन समेत गर्दछन् यस्ता घारमा चिसो बढी हुने हुनाले किसानले बोरा ओडाएर सुरक्षा गर्ने पनि कमै मात्रामा भेटिन्छन् साथै रेरेना जातको स्थानिय मौरी धेरै किसानले पालेको हुँदा समेत मह उत्पादन आसातित रुपमा नबढी घट्दै गएको हो । आधुनिक घारको प्रयोग, उन्नत जातको मौरी पालन, चरण क्षेत्रको विकास गर्ने र मौरीको आहारामा बिषादीको प्रयोग नगर्ने हो भने मौरीको मह उत्पादन र मौरीको संख्या बढाउन सकिन्छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।