पूर्व-लडाकुले रुँदै भने,- प्रचण्डलाई अंगालो हालेर आत्मघाती भएर पड्किन्छौ (भिडियो सहित)

काठमाण्डौं । केही दिन अगाडीमात्र गृहमन्त्रीकै अगाडी पूर्व माओवादी लडाकुले बिष सेवन गरी आत्महत्या गर्ने प्रयास गरे । शरिर भरी बम र गोलीका छर्राहरु बोकेर उपचारका लागि धाउँदा धाउँदै आश्वासन मात्र पाएको भन्दै उनले रुदै बिष सेवन गरेका थिउ । यो घटना तत्कालिन माओवादी पार्टी यतिबेला आलोचित बनिरहेको छ । देशका लागि ज्यान बाजी राखेर रगत र पसिना बगाएका र अयोग्य ठहरिई बाहिरनु परेका लडाकुहरुको पीडा कम छैन जबकी नेतृत्व तहमा बसेकाहरुको जीवन शैली आज राजाबासाको जस्तो छ ।

यसबीचमा बहिर्गमित जनमुक्ति सेना नेपाल केन्द्रिय संघर्ष समितिले अबको दुई महिनाभित्र आफुहरुको माग सुनुवाई नभए नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अंगालो हाली आत्मघाती बनेर पड्किने चेतावनी दिएका छन् । शुक्रबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले आयोजना गरेको पत्रकार सम्मेलनमा उनीहरुले यस्तो चुनौती दिएका हुन् । कार्यक्रममा बोल्दै उनीहरुले देशमा युद्धकालिन समय र गणतन्त्रका लागि आफनो जीवनकै बलिदान दिएको तर आज सरकार र प्रचण्डले आफुहरुलाई जिउँदै मर्न छोडेको आरोप लगाए ।

शिबिरभित्र भएको भ्रष्टचारलाई लुकाउँन आफुहरुलाई अयोग्य बनाईएको उनीहरुको आरोप छ । एक पछि अर्काे गर्दे बोलेका पूर्व लडाकुहरुले रुँदै बिष सेवन गरेका कुल प्रसाद भट्टराई प्रतिनिधी पात्र मात्र भएको भन्दै नेकपाका हरेक नेताहरुको घरमा गएर आत्मघाती बिस्फोट गराउँने चेतावनी दिए । समितिका अध्यक्ष अषिम लिम्बु ‘सुनिल’ले जनयुद्धका घाईते, बेपत्ता र पीडित परिवारहरुलाई सरकारले बेवास्ता गरेको आरोप लगाए ।

उनले भन,‘हामी कसरी अयोग्य भयौं ? हामीलाई किन जबरजस्ती अयोग्यको बिल्ला भिराईयो ? हामीले लडेर ल्याएको गणतन्त्र र परिवर्तन योग्य हुने, तर हामी कसरी अयोग्य रु १८ करोडको विलाषी सुविधा खोज्ने र पुर्याउने सरकारले हाम्रा साथीहरुले उपचार गर्न नसकेर रुदै हिँड्नुपरेको छ । अअब त की हामी मछौँ की यिनीहरुलाई माछौँ ।

त्यस्तै कार्यक्रममा समितिका उपाध्यक्ष यज्ञबहादुर कार्की (प्रदीप) ले देश र गणतन्त्रका लागि रगत बगाएकाहरुले आज बिष पिएर मर्नु पर्ने बाध्यता आएको बताए । उनले भने ,‘हाम्रो देशमा सरकार छ कि छैन् ? यो सरकार कम्युनिष्ट सरकार हो कि दलालहरुको हो ? हामीले ल्याएको परिवर्तनको रातो कार्पेटमा उनीहरु हिँड्ने, हामी सडकमा पीडाका आँशु पोख्नुपर्ने ? शरीरमा भएका गोलीका छर्रा र अंगभग भएको शरिरलाई लिएर बाँच्नको लाथि भीख माग्नुपर्ने ? उनले रुँदै भने ‘हामीले कुन गल्ती गर्यौं ?

हामी किन अयोग्य भयौं ? हामीले रगतसँग साटेर ल्याएको गणतन्त्रमा हामीलाई अयोग्याताको बिल्ला भिराएर किन अपमान गरियो ? आज शन्ति सम्झौता भएको १३ वर्षमा प्रवेश गरेको गरेको छ तर हाम्रो अवस्था उस्तै छ । यसैगरी समितिका महासचिव राजन थापा ‘सुवास’ले भने हामी सरकारसँग धेरै चोटी वार्तामा बसेका छौं, सरकारले हामीसँग गुच्चा खेलेझै गरिरहेको छ हाम्रो धैर्यताको बाँध फुटेको दिन त्यसपछि सिर्जना हुने अवस्था कसैले नसोचेको हुनेछ, हामी बारुदसँग खेलेका मानिस हौं, बन्दुक बनाउन आउँछ, वैद्य, प्रचण्ड, बाबुराम, विप्लव, बादललाई बनाउने हामी नै हौं ।

उहाँहरुलाई खसाल्न परे कसरी रसातलमा ल्याउनुपर्छ त्यो कुरा हामीलाई थाहा छ ।’ समितिका अर्का उपाध्यक्ष खड्क बहादुर रम्तेल (सम्राट) ले वर्तमान सरकार पूर्ण रुपमा असफल भएको बताउँदै भने ‘हाम्रो माग अविलम्ब पूरा हुनुपर्छ । यदि भएन भने हामी अब नेताहरुको घर–घरमा गएर बोको हरामजस्तो विष्फोटन भएर पड्किन्छौं।’ उनीहरुले बहिर्गमित सेनालाई भरणपोषण र उपचारसँगै अयोग्यताको विल्ला हटाएर सम्मानपत्रसहित विषेश राहतको व्यवस्था गर्न माग गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖