कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवालाई चुनौती

रौतहट । कामको खोजीमा वैदेशिक रोजगारीमा जाने युवालाई खेतीबाटै लाखौँको आम्दानी गरेर एकजना किसानले चुनौती दिएका छन् ।

स्थानीय मौलापुर नगरपालिकाका एकजना किसानले व्यावसायिकरुपमा मेवा र कुरिलो खेती गरी मासिक लाखौँ रुपैयाँ कमाएर वैदेशिक रोजगारीमा जानेलाई चुनौती दिएका हुन् ।

मौलापुर नगरपालिका–८ सोनरनियाका किसान रामेश्वर पण्डितले ठूलो परिमाणमा मेवा र कुरिलो खेती गरी मनग्य आम्दानी गर्न शुरु गरेका छन् । मोबाइल युट्युबमार्फत सबै जानकारी लिएर थोरै जग्गामा शुरु गरेको कुरिलो खेतीबाट मनग्य आम्दानी देखेर उनले खेती विस्तार गरेका हुन् ।

पहिलो वर्ष आफ्नो पुस्तैनी १० कट्ठा जग्गामा कुरिलो खेती गरेर प्रतिकट्ठा ५० हजारको आम्दानी गरेपछि यस पटक चार बिघा जग्गामा खेती विस्तार गरेको किसान रामेश्वर पण्डितले बताउनुभयो । प्रतिकट्ठा वार्षिक रु दुई हजार पाँच सयमा भाडामा लिएर यस पटक दुई बिघा उन्नत जातको मेवा र दुई बिघा कुरिलो खेती गरेको उहाँले जानकारी दिनुभयो ।

काठमाडौँबाट कुरिलो र भारतीय बजारबाट उन्नत मेवाको बीउ खरीद गरेर खेती शुरु गरेको किसान पण्डितले बताउनुहुन्छ । रोपेको सात महीनामा फलाएर प्रतिकिलो मेवा ११० सम्ममा करीब २५ क्विन्टल काठमाडाँैमा बिक्री गरिसकेको उहाँले बताउनुभयो । दुई बिघा मेवा र दुई बिघा कुरिलो खेती गर्न हालसम्म झण्डै रु १५ लाखको लगानी भइसकेको उहाँले जानकारी दिनुभयो । यहाँ उत्पादन हुने मेवा र कुरिलोको बजार राजधानी काठमाडौँ र पोखरा बजारमा ठूलो माग रहेको उल्लेख गर्दै उहाँले ढुवानी गर्न भाडा निकै महँगो भएको हुँदा आफैँले पिकअप भ्यान खरीद गर्ने योजनामा रहेको जानकारी दिनुभयो ।

जिल्लामै पहिलो पटक व्यावसायिकरुपमा मेवा र कुरिलो खेतीको शुरुआत गर्दा पनि सरकारीस्तरबाट कुनै सहयोग पाउन नसकेको गुनासो किसान पण्डितको छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।