मेस्सी टिममा फर्किएसंगै बार्सिलोनालाई राहत

एजेन्सी । बार्सिलोनाका कप्तान लियोनल मेस्सी टिममा फर्किएका छन् । चोटका कारण मैदान बाहिर रहेका मेस्सी मंगलबार राति हुने च्याम्पियन्स लिग फुटबल अन्तर्गतको खेलमा मैदानमा हुने छन् ।

बार्सिलोनाले च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको खेलमा मंगलबार राति अवे मैदानमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग प्रतिस्पर्धा गर्ने छ ।

 

बार्सिलोनाका कप्तान कप्तान मेस्सीले पछिल्लो पटक गएको जुलाईमा खेलका थिए । कोपा अमेरिका फुटबल अर्जेन्टिनाका लागि खेलेका मेस्सीले यो सिजन बार्सिलोनाका सुरुका चार खेल चोटका कारण गुमाए । तर उनी सोमबारदेखि प्रशिक्षणमा फर्किएका छन् ।

बार्सिलोनाले मेस्सी बिनाका चार ला लिगा खेल मध्ये दुईमा मात्रै जित निकालेको छ । बार्सिलोनाको टिममा १६ वर्षे एन्सु फाती पनि छन् । जसले ११६ मिनेट ला लिगामा खेल्दा दुई गोल र एक गोलका लागि सहयोग गरेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।