पेनाल्टीमा चुक्यो बार्सिलोना, च्याम्पियन्स लिगमा जित बिहीन सुरुवात

एजेन्सी । कप्तान लियोनल मेस्सी चोटबाट मुक्त भएर मैदान फर्किएको र यो सिजनको च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा बार्सिलोना जित बिहीन भएको छ ।

मंगलबार रातिदेखि सुरु भएको च्याम्पियन्स लिग फुटबल अन्तर्गत समूह एफ मा रहेको बार्सिलोना अवे मैदानमा भएको खेलमा जर्मन क्लब बोरुसिया डर्टमुण्डसँग गोलरहित बराबरीमा रोकिएको हो ।

 

गएको जुलाईमा कोपा अमेरिका अन्तर्गत अर्जेन्टिनाबाट खेलेपछि मैदानमा आएका थिएनन् । चो’टमुक्त भएर रोनाल्डो यो सिजनमा पहिलो पटक टिममा आएका थिए । तर खेलको सुरुवात भने उनले बेन्चबाट गरे । मेस्सी थप खेलाडीका रुपमा मैदानमा गए तर गोल भने गर्न सकेनन् ।

१६ वर्षका एन्सु फातीलाई बार्सिलोनाले च्याम्पियन्स लिगमा डेब्यु गरायो । यो खेलमा बार्सिलोनाले गोल गर्ने सुन्दर मौका पाएको थियो तर त्यसमै चुक्यो । बार्सिलोनाले पाएको पेनाल्टी मार्को रुइसले प्र’हार गरेका थिए । मार्कोको पेनाल्टी प्र’हार मार्क–आन्द्रे तेर स्टिग्नले रोकेका हुन् ।

गोलरहित बराबरी भएपछि पहिलो खेलबाट दुवै टिमले एक एक अंक बाँडेका छन् । सोही समूह अन्तर्गत भएको अर्को खेलमा इटालियन क्लब इन्टर मिलान स्लाभिया प्रागसँग १–१ को बराबरीमा रोकियो ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।