दक्षिण अफ्रिका वि’रुद्ध भारतको शानदार जित, कोहलीको कप्तानी इनिङ

काठमाडौं । कप्तान विराट कोहलीको कप्तानी इनिङको मद्धतले भारतले दक्षिण अफ्रिका विरुद्धको दोस्रो टी–२० क्रिकेटमा शानदार जित हात पार्न सफल भएको छ ।

बुधबार राति मोहालीमा भएको खेलमा १५० रनको विजयी लक्ष्य भारतले ३ विकेटको नो’क्सानीमै पूरा गरेको हो ।

१९ ओभर खेल्दै ७ विकेटको शानदार जित निकाल्ने क्रममा कोहलीले ५२ बलमा नटआउट रहँदै ३ छक्का र ४ चौकाको मद्धतले ७२ रन बनाए । शिखर धवनले ३१ बलमा ४० तथा श्रेयस ऐयरले १४ बलमा नटआउट १६ रन बनाए ।

यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकाले ५ विकेटको नोक्सानीमा १४९ रन बनाएको थियो । क्विन्टन डे ककले ५२ तथा डेब्यु खेलाडी टेम्बा बभुमाले ४९ रन बनाएका थिए ।

भारतका लागि दिपक चहरले २२ रन दिएर २ विकेट लिए । नवदीव सैनी, रविन्द्र जडेजा र हार्दिक पान्डेयाले १–१ विकेट लिए । जितसंगै भारतले तीन खेलको सिरिजमा १–० को अग्रता बनाउन सफल भएको छ । पहिलो खेल वर्षाले गर्दा हुन सकेको थिएन ।

तेस्रो तथा निर्णायक अनि अन्तिम खेल आउँदो आइतबार २२ तारिखमा बैंगलुरुमा हुनेछ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।