रोनाल्डोसहितको युभेन्टसले अग्रता जोगाउन सकेन, एथ्लेटिको मड्रिडसँग बराबरीमा रोकियो

एजेन्सी । स्टार खेलाडी क्रिष्टियानो रोनाल्डोसहितको टिम युभेन्टसले च्याम्पियन्स लिग फुटबल अन्तर्गत यो सिजनको सुरुवात बराबरीबाट गरेको छ ।

समूह डी अन्तर्गत बुधबार राति भएको खेलमा लिएको अग्रता जोगाउन नसक्दा इटालियन क्लब युभेन्टस स्पेनिस क्लब एथ्लेटिको मड्रिडसँग २-२ को बराबरीमा रोकिएको हो ।

 

पहिलो हाफमा दुवै तर्फबाट गोल हुन सकेन । भ्रमण टोली युभेन्टसले दोस्रो हाफमा २-० को अग्रता लियो । उसका लागि ४८ औँ मिनटमा ख्वान क्वाड्राडो तथा ६५ औँ मिनेटमा ब्लेज माटुइडीले गोल गरेपछि युभेन्टसको अग्रता दोब्बर भयो ।

तर त्यसपछि घरेलु टिम एथ्लेटिको मड्रिड खेलमा फर्कियो । उसका लागि स्तेफान साविकले ७० औँ मिनेटमा गोल गरे । यस्तै हेक्टर हरेराले ९० औँ मिनेटमा गोल गर्दै खेलमा बराबरी गरेका हुन् ।

यो खेलमा आरोन राम्सीले युभेन्टसबाट डेब्यु गरे । खेलमा रोनाल्डोले गोल गर्न सकेनन् । सो समूह अन्तर्गतको अर्को खेलमा लोकोमोटिम मस्कोले बार्यन लेभरकुजनलाई २ १ ले पराजित गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖