स्टार खेलाडी बिनाकै पिएसजीसँग रियल मड्रिड स्तब्ध, जिनेदिन जिदानमाथि दबाब बढ्यो

एजेन्सी । च्याम्पियन्स लिग फुटबलको उपाधि सर्वाधिक पटक उचालेको रियल मड्रिडले यो सिजनको सुरुवात हारबाट गरेको छ।

१३ पटक उपाधि जितेको रियल मड्रिड फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) सँग पराजित भएको हो । समूह ए अन्तर्गतको बुधबार राति भएको पहिलो खेलमा घरेलु मैदानमा स्टार खेलाडी बिहीन भएर पनि पिएसजीले जित निकालेको हो ।

 

केलिएन एमबाप्पे र एडिन्सन काभानी चोटका कारण तथा नेइमार प्रतिबन्धका कारण पिएसजीको टिममा थिएनन् । तर पनि पहिलो हाफमा दुई तथा दोस्रो हाफमा थप एक गोल गरेर पिएसजीले स्पेनिस क्लब रियल मड्रिडलाई ३-० ले पराजित गरेको हो ।

पिएसजीको जितमा एन्जल डी मारियाले दुई तथा थोमस मुनिएरले एक गोल गरेका हुन् । डी मारियाले १४ र ३३ औँ मिनेटमा गोल गरेका हुन् । मुनिएरले इन्जुरी समयको पहिलो मिनेटमा गोल गरेपछि पिएसजी विजयी भयो ।

यो हारले रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानमाथि दबाब बढाएको छ । प्रशिक्षकको रुपमा पहिलो कार्यकालमा निकै सफल रहेका जिदानको दोस्रो कार्यकाल भने अहिलेसम्म त्यति राम्रो देखिएको छैन ।

गएको सिजनको अन्त्यतिर प्रशिक्षकको जिम्मेवारी दोस्रोपटक सम्हालेका जिदानको जित दर त्यसयता ५० प्रतिशत भन्दा कम छ । यहि सिजन क्लब आएका इडन हजार्डले रियल मड्रिडबाट च्याम्पियन्स लिगमा डेब्यु गरे ।

यो समरमा ठूलो रकम खर्चेर पनि रियल मड्रिडले खासै राम्रो खेल्न सकिरहेको छैन । समूह ए अन्तर्गतकै खेलमा क्लब ब्रुग्ग र गालातासारेले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।