बोर्नमाउथले टोटनह्यामलाई उछिन्यो, म्यानचेस्टर सिटीसँग अंक बराबरी

एजेन्सी । बोर्नमाउथ इंग्लिस प्रिमियर लिग फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा बोर्नमाउथले साउथह्याम्पटनलाई ३–१ ले पराजित गरेको हो । पहिलो हाफमा दुई गोल गरेको बोर्नमाउथले दोस्रो हाफमा थप एक गोल गर्‍यो र एक गोल खायो ।

१० औँ मिनेटमा नाथन एकेको गोलबाट बोर्नमाउथले सुरुवाति अग्रता लियो । ३५ औँ मिनेटमा ह्यारी विल्सनले गोल गरेपछि टिमले पहिलो हाफमा २–० को अग्रता लियो । ५३ औँ मिनेटमा जेम्स वार्ड–प्रोवसीले ५३ औँ मिनेटमा पाएको पेनाल्टीमा साउथह्याम्पटनका लागि एक गोल फर्काए ।

 

इन्जुरी समयको पाँचौँ मिनेटमा क्यालम विल्सनले गोल गरेपछि बोर्नमाउथले ३–१ को जित निश्चित गरेको हो । जितपछि ६ खेलबाट १० अंक जोडेको बोर्नमाउथ अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ ।

उसले टोटनह्यामलाई दुई अंकले पछि पारेको छ । एक खेल कम खेलेको म्यानचेस्टर सिटीसँग उसले अंक बराबरी गरेको छ । सात अंकसहित साउथह्याम्पटन ११ औँ स्थानमा छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖