नेकपाको सचिवालय बैठक सम्पन्न, ६ महानगरमा अध्यक्ष र सचिव टुँगो लगायो (नाम सहित)

काठमाडौं, ४ असोज । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालय बैठक सम्पन्न भएको छ । शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ६ वटा महानगरमा अध्यक्ष र सचिव मनोनयन गरेको छ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले दिएको जानकारीअनुसार बकाठमाडौँमा निर्मल देउलालाई अध्यक्ष र रवीन्द्र श्रेष्ठलाई सचिवमा मनोनयन गरेको छ । त्यस्तै, ललितपुरमा मन्जली शाक्य अध्यक्ष र ज्ञानेन्द्र शाक्य सचिव भएका छन् भने पोखरामा दीपक पौडेल अध्यक्ष र विश्वप्रकाश लामिछाने सचिव बनेका छन्। त्यस्तै, भरतपुरमा रामप्रसाद न्यौपाने अध्यक्ष र ईश्वर सापकोटा सचिव भएका छन्।

वीरगञ्जमा रोहवर अन्सारी अध्यक्ष र विश्वम्बर शर्मा सचिव भएका छन् भने विराटनगरमा सागर थापा अध्यक्ष बनेका छन् भने हेम कार्की सचिव बनेका छन्। अन्सारी प्रचण्डका विश्वासिला युवा नेता हुन् । उनले महानगरको लागि तत्कालिन नेकपा माओवादी केन्द्रबाट अध्यक्षमा उम्मेद्धवारी दिएका थिए । तर, पराजित भएका थिए ।

प्रधानमन्त्री सिंगापुरबाट उपचार गरेर फर्किएपछि सचिवालयको बैठक सेप्टेम्बर ११ मा बसेको थियो । उक्त बैठकमा उपनिर्वाचनको लागि दल दर्ताका लागि महासचिव विष्णु पौडेललाई जिम्मेवारी दिएको थियो । त्यसपछि, आज सचिवालय बैठक बसेको हो ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।