उपनिर्वाचनमा कास्कीबाट चुनाब नलड्ने बामदेव गौतमको घोषणा : फेरी पराजित हुने डर!

काठमाण्डौ । सत्तारुढ दल नेकपाका नेता वामदेव गौतमले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्कीबाट चुनाव नलड्ने घोषणा गरेका छन् । आज फेसबुकमार्फत जानकारी गराउँदै बामदेवले उक्त निर्वाचन क्षेत्रबाट पराजित हुने सम्भावना धेरै भएकाले चुनावमा उम्मेदवार नबन्ने उल्लेख गरेका हुन् । यसअघि बर्दिया क्षेत्र नम्बर १ मा वाम गठबन्धनको मत धेरै हुँदा हुँदै पनि पराजित हुनुपरेको स्मरण गर्दै गौतमले फेरी पनि पराजित हुने सम्भावना औँल्याएका छन् ।

आज बसेको सचिवालय बैठकमा अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले कास्कीबाट चुनाव लड्न आग्रह गरेको दावी गर्दै उनले आफू भने चुनावबाट पछि हटेको स्पष्ट पारेका हुन् ।

गौतमले भनेका छन्–”आदरणीय अध्यक्षद्वय कमरेड सहित पार्टीका समस्त सहयोद्धाप्रति म हार्दिक आभार प्रकट गर्दछु । यसअघि (२०७४ मा) प्रतिनिधिसभा सदस्य पदका लागि आफ्नो पुरानो निर्वाचन क्षेत्र बर्दिया– १ बाट उम्मेदवार भएको यहाँहरुमा विदितै छ । उक्त निर्वाचनमा तत्कालीन वाम गठबन्धनसँग विपक्षीको तुलनामा ३२ हजार मत बढी थियो । तर, म पराजित हुनुपर्यो । त्योभन्दा अत्यन्त कम मतान्तर रहेको कास्कीमा निर्वाचन उठ्नु भनेको म फेरि पराजित हुनु हो ।” गौतमले कास्कीकै कोही नेतालाई चुनावमा उम्मेदवार बनाउन सुझाब पनि दिएका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।