१८ मिनेट भित्रै पाँच गोल, म्यानचेस्टर सिटी ८–० ले विजयी

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा साबिक विजेता म्यानचेस्टर सिटीले फराकिलो जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले वाट्फोर्डलाई ८–० ले पराजित गरेको हो ।

पहिलो हाफ, त्यो पनि सुरुको १८ मिनेट भित्र पाँच गोल गरेको सिटीले दोस्रो हाफमा थप तीन गोल गरेको हो । सिटीको जितमा बर्नार्डो सिल्भाले १५, ४८ र ६० औँ मिनेटमा गोल गरी ह्याट्रिक पूरा गरे ।

खेल सुरु भएको ५२ औँ सेकेण्डमा डेविड सिल्भाले गोल गरेर सिटीलाई अग्रता दिलाएका थिए । सातौँ मिनेटमा पाएको पेनाल्टीमा सर्जियो अग्युरोले गोल गरे । यस्तै रियाद महरेजले १२ औँ, निकोलास ओतामेन्डीले १८ औँ तथा केविन डी ब्राउनले ८५ औँ मिनेटमा गोल गरेको हो । गार्डिवला सन् २०१६ मा प्रशिक्षकका रुपमा आए यता लिगामा सिटीको सबैभन्दा फराकिलो जित हो ।

यो खेलमा सिटीले दुई वटा वुडवर्क पनि प्रहार गरेको थियो । उसले लिगमा सबैभन्दा फराकिले जितको कीर्तिमान भने बनाउन सकेन । सन् १९९५ मा म्यानचेस्टर सिटीले इप्सविचलाई ९–० ले हराएको थियो, त्यो नै हालसम्मको फराकिलो जित हो ।

जितपछि दोस्रो स्थानको सिटीको ६ खेलबाट १३ अंक भएको छ । एक खेल कम खेलेको लिभरपुलको १५ अंक छ । पुछारको वाट्फोर्डको ६ खेलबाट मात्रै दुई अंक छ ।

शनिबार राति नै भएको खेलमा टोटनह्याम लेस्टर सिटीसँग पराजित भएको छ । घरेलु मैदानमा भएको खेलमा टोटनह्यामलाई २–० ले पराजित गर्दै लेस्टर सिटी ६ खेलबाट ११ अंकसहित तेस्रो स्थानमा उक्लिएको छ ।

अरु खेलमा शेफिल्ड युनाइटेडले एभर्टनलाई २–० ले पराजित गरेको छ भने न्युक्यासल र ब्राइटनले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।