गगन थापाले भने,- दशैँपछि सडक सं’घर्षमा उत्रिन्छौं
काठमाडौ । जनकपुरस्थित पार्टी कार्यालयमा मंगलबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस नेता गगन थापाले वर्तमान सरकारको शक्ति दुरुपयोग रोक्न दशैँपछि सडक संर्घषमा उत्रिने बताउनु भएको छ ।
थापाले भन्नुभयो, “वर्तमान सरकारले विगतका सम्झौताहरुलाई लत्याउँदै विधेयक ल्याएका छन्, जसको विरुद्दमा हामी दशैँ पछि सडकमा आउछौँ” सरकारले दुइ तिहाइको आडमा प्रतिपक्षीको कुरै नसुन्ने र नेपाली जनताको मनोभावना विपरित काम गरीरहेको आरोप समेत लगाउनु भएको छ । सांसद थापाले शक्ति र सत्ताको आडमा नेकपा सरकारले गरेको ज्यादतीको विरुद्ध सडकमा उत्रिने बताउनु भएको हो ।
सरकारले सत्ताको आडमा ल्याएको बेइमानीपूर्ण विधेयकमा समाजवादी पार्टी साझेदार बनीरहेको छ, उहाँले भन्नुभयो । पूर्वमन्त्री समेत रहनुभएका नेता थापाले संसदलाई सडकसँग लगेर जोड्ने काम कांग्रेसले गर्ने बताउनुभयो। ‘संसदको शक्तिको दुरुपयोग गर्ने सरकारको प्रयासको प्रतिरोध दशैं पछाडी कांग्रेसले गर्छ।’ नेता थापाले थप्नुभयो।


