जनमुखी काम नगरे नेकपा सरकारलाई ठेगान लगाउने विश्वप्रकाशको चेतावनी

काठमाडौं, ७ असोज । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले जनमुखी काम नगरे शसक्त आन्दोलन गरी नेकपा सरकारलाई ठेगान लगाउने चेतावनी दिएका छन्। प्रवक्ता शर्माले यस्तो बताएका हुन्।

उनले ओली प्रधानमन्त्री भएपछि भ्रष्टचार बढेको र सरकारका हरेक निकायमा राजनीति हस्तक्षेप बढेको भन्दै आरोप लगाए। मंगलबार कांग्रेस जागरणसभा समापन कार्यक्रममा बोल्दै नेता शर्माले भने,‘सरकारका हरेक क्रियाकलाप अमर्या्दित, असंभव र आर्थिक अनियमितताका घटनामा मात्र केन्द्रित छन् ।

आन्दोलनबाटै सरकारलाई ठेगाना लगाउँछौं। सदन र सडकमा कांग्रेस छ भनेर हेक्‍का राख्न नबिर्सनु ।’ प्रवक्ता शर्माले आगामी मंसिर १४ गते हुने उपनिर्वाचनमा धरानलगायतका सबै स्थानमा कांग्रेसले बहुमतले विजयी हाँसिल गर्ने दावी गरे।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।