पहिलो हाफकै गोलले बार्सिलोना यसरी विजयी

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत मंगलबार राति भएको खेलमा साबिक विजेता बार्सिलोना विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा लियोनल मेस्सीसहितको बार्सिलोनाले भिल्लारियललाई २–१ ले पराजित गरेको हो ।

बार्सिलोना र भिल्लारियलको तर्फबाट पहिलो हाफमै गोल भएको हो । छैटौँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गर्दै बार्सिलोनालाई सुरुवाति अग्रता दिलाए । १५ औँ मिनेटमा आर्थरले गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।

 

भिल्लारियलका लागि ४४ औँ मिनेटमा काजोर्लाले एक गोल फर्काए । दोस्रो हाफमा दुवै तर्फबाट गोल नभएपछि बार्सिलोना २–१ ले विजयी भयो । जितपछि ६ खेलबाट १० अंक जोडेको बार्सिलोना चौथो स्थानमा उक्लिएको छ ।

मंगलबार राति नै भएको खेलमा रियल भालाडोलिडसँग १–१ को बराबरीमा रोकिएको ग्रानाडा ११ अंकसहित शीर्ष स्थानमा पुगेको छ । अर्को खेलमा रियल बेटिसले लेभान्टेलाई ३–१ ले पराजित गरेको छ ।

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।