आज देशैभर मौसम बदली, कस्तो छ वर्षाको सम्भावना?

काठमाडौं, असोज ८ । अहिले (बुधबार बिहान) देशैभर मौसम बदली भएको र केही सीमित ठाउँहरूमा हल्का वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाकी मौसमविद् मञ्जु बासीका अनुसार दिउँसो पनि देशका केही स्थानमा हल्कादेखि मध्यसम्म वर्षा हुने सम्भावना छ।

‘यही स्थानमा भनेर तोक्न सकिन्न,’ उनले भनिन्,‘केही स्थानअन्तर्गत देशको पूर्वदेखि पश्चिमसम्मै जुनसुकै स्थानमा वर्षाको उत्तिकै सम्भावना छ।’

मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेको मौसमविद् बासीले बताइन्।

अहिले काठमाडौं उपत्यकामा पनि मौसम बदली छ। आकाश बादलले ढाकेको छ। तर बिहान १०/११ बजे केही बेर मौसम खुल्ने सम्भवाना रहेको मौसमविद् बासीको भनाइ छ।

तर पुनः बदली भई दिउँसो मेघ गर्जन/चट्याङसहितको वर्षा हुने सम्भावना रहेको उनले बताइन्। ‘तर आजलाई कतै ठूलो वर्षाको सम्भावना भने देखिन्न,’ मौसमविद् बासीले भनिन्।

गएको रातभर काठमाडौंमा वर्षा भएको छ। अहिले बिहान ६ बजेसम्मको मापनअनुसार बितेको १९ घण्टामा काठमाडौंमा २७.६ मिलिमिटर वर्षा भएको मौसमविद् बासीले जानकारी दिइन्।

दिउँसोभन्दा राति मौसमी गतिविधि केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन्।

‘राति देशभर सामान्य बदली भई मध्य तथा पूर्वका केही साथै पश्चिमका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ,’ मौसमविद् बासीले भनिन्।-नेपाल खबरबाट

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।