नेता नेपाललाई का’रबाही गर्न नेकपा पार्टीभित्रैबाट माग

काठमाडौ । प्रदेश २ मा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएको छ । यो विवाद उत्पन्न हुनुमा बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालको हात रहेको अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ पक्षका नेताहरुको आरोप छ ।

नेकपा प्रदेश २ अध्यक्ष प्रभु साह, सचिव सुमन प्याकुरेल लगायत आठ जिल्लाका इन्चार्जहरूले वरिष्ठ नेता नेपाल र वर्तमान वाणिज्य मन्त्री मातृका यादवमाथि छानविन तथा कारबाही गर्न माग गरेका छन्।

हिजो मंगलबार पार्टी अध्यक्ष प्रचण्ड र महासचिव विष्णु पौडेललाई भेटेर उनीहरूले नेता नेपालको नामै किटान गरेर कारबाहीको माग गरेका हुन् । नेकपा निकट स्रोतले दिएको जानकारीअनुसार प्रदेशमा आन्तरिक द्वन्द्व बढाएको पार्टीकै कार्यक्रममा आक्रमण गर्न कार्यकर्तालाई उत्प्रेरित गरेको भन्दै नेपाल र यादवमाथि छानविन गरी आवश्यक कारबाही गर्नुपर्ने माग ती नेताहरूको छ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।