सुवासचन्द्र नेम्वाङले भेटे ओलीलाई, सभामुख बनाउन आग्रह

काठमाडौं, १६ असोज । कृष्णबहादुर महरा ज बरजस्ती क रणीमा फसेपछि संघीय संसदको सभामुख पद रिक्त छ । उक्त पदको लागि आकांक्षीहरुले आफ्नो राजनीतिक सक्रियता बढाएका छन् । संविधानमै सभामुख र उपसभामुख फरक–फरक दल र फरक लिङ्गको हुनुपर्ने व्यवस्था गरेकोले अब सभामुख को बन्छ ? भन्नेबारे बहस सुरु भएको छ ।

स्रोतकाअनुसार सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले रुचि देखाएका छन् । उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै आफ्नो रुचिबारे जानकारी गराएका छन् । ओलीले पनि नेम्वाङलाई नै उक्त भूमिकामा उतार्न खोजेको बालुवाटार स्रोतको दाबी रहेको रिपोर्टर्स नेपालमा खबर छ ।

पछिल्लो समय सदनको प्रभावकारितालाई लिएर प्रश्न उठेपछि ओली पनि निवर्तमान सभामुख महराप्रति रुष्ट बनेका थिए । महराको यौ न काण्ड त ओलीको लागि ‘कुचोले बढानुपर्ने कसिंगर हावाले उडायो’ भनेझैं भयो । नेम्वाङ सभामुख भए सदनको प्रभावकारिता बढ्ने र सरकारका बारेमा पनि जनस्तरमा आलोचना नहुने ओलीको विश्वास छ । नेम्वाङ ओलीले रुचाएका नेतामध्येमा पर्छन् ।

उता, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि नेम्वाङलाई नै रुचाएको बुझिएको छ । हुन त नेकपाभित्र पूर्व माओवादी केन्द्रबाट अग्नि सापकोटा र ओनसरी घर्तीले रुचि देखाएका छन् । नेकपाबाट अहिले उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे छिन् । यदि नेकपाले सभामुखमा दाबी गर्ने हो भने उपसभामुखले राजीनामा दिनुपर्ने हुन्छ ।

अध्यक्षद्वय ओली र प्रचण्ड दुवैले नेम्वाङलाई रुचाएकोले अब सभामुखमा उनले नै बाजी मार्ने अड्कलबाजी पनि सुरु भएको छ । नेम्वाङ संसदीय मामिलाका जानकारी हुन् । उनले संविधान सभाको दुइ कार्यकाल अध्यक्षको जिम्मेवारी कुशलताका साथ निर्वाह गरिसकेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।

✖