केहि भएन भनेर क’राउने होइन, आँखा खो’लेर हेर्नुस् : प्रधानमन्त्री (भिडियो सहित)
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान तथा चियापन कार्यक्रम शुरु भएको छ ।
काठमाडौँको भृकुटीमण्डपमा जारी चियापान कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले केही भएन भनेर हल्ला चलाउनेहरुलाई आँखा खोलेर हेर्न सुझाव दिनुभयो । वहाँले पछिल्लो समय सामाजिक सञ्जालमा हेर्न र सुन्न नसकिने गरि लेखिन र बोलिन थालिएको असन्तुष्टि ब्यक्त गर्दै यसले नेपालीलाई नै पछि पार्ने उल्लेख गर्नुभयो ।
वहाँले भन्नुभयाे – ‘सामाजिक सञ्जालका नाममा हेर्न, सुन्न नसक्ने गरि लेखिन र बोल्न थालियो, त्यो नेपाली पन हैन’, बुधबार काठमाडौँमा आयोजित नेकपाको चियापान समारोहमा ओलीले भन्नुभयो।

वहाँले आफ्नो नेतृत्वको सरकार भएपछि धेरै कुराहरु भएको उल्लेख गर्दै भन्नुभयो पहिले ठूलठूला जहाज विमानस्थलमा अट्थेनन् तर हामिले अहिले अट्ने बनाएका छौं । हरेक नेपालीको बैंक खाता बनाएका छौं, पोखरा र लुम्बिनीमा एयरपोर्ट बनेका छ्न्। हिजो मानिसले चुट्का भनेका कुरा आज वास्तविकतामा परिणत भएको छ। अब एकताबद्ध भएर अघि बढ्ने हो।हल्लाका पछि नलाग्नु। ‘
कार्यक्रममा वहाँले अनेकतामा एकता भएको हाम्रो देशमा आउने विभिन्न चाड पर्वले सम्पूर्ण नेपालीहरुको सुस्वास्थ्य र दिर्घायुको कामना ल्याउने आशा ब्यक्त गर्नुभयो ।


