काण्डै काण्डमा मुछिए कांग्रेस शीर्ष नेताहरु : देउवा, गच्छदार र सिटौलालाई टेन्शन !

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुको नाम अहिले विभिन्न काण्डमा मुछिन थालेको छ । बालुवाटारको ललिता निवास जग्गा प्रकरण, रौतहटमा जिउँदै मान्छे जलाएर ईट्टा भट्टामा हालेको काण्ड र वाईडबडी खरिद घोटाला प्रकरणमा उनीहरुको नाम मुछिएपछि अहिले पार्टीभित्र पनि तरंग पैदा भएको छ ।

बालुवाटार जग्गा प्रकरणमा वर्तमान उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजयकुमार गच्छदारको नाम मुछिएको छ । स्रोतकाअनुसार यो प्रकरणमा अख्तियार दुरुपयोग अनुशन्धान आयोगले उनलाई पत्राचार गरेर बयानको लागि डाकेको छ । तत्कालिन प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको सरकारको पालामा गच्छदार भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । सोही बेला बालुवाटार जग्गा प्रकरण घटेको र यसमा उनको संलग्नता रहेको अख्यितारको निश्कर्ष छ ।

त्यही भएर उनलाई बयानको लागि अख्तियारले अहिले पत्राचार गरिसकेको छ । पूर्व अख्तियार प्रमुख दिप बस्न्यात त्यतिवेला भौतिक मन्त्रालयका सचिव थिए । सोही प्रकरणमा उनको नाम मुछिएपछि अख्तियारले बस्नेतलाई बोलाएर बयान लिईसकेको छ । बस्नेतको बयानकै आधारमा गच्छदारलाई पनि बयानको लागि अख्तियारले पत्राचार गरेको हो भन्ने पनि स्रोतको दाबी छ ।

उता, रौतहटमा २७ चैत २०६४ मा भएको बम बिष्फोटका घाईतेहरुलाई जिउँदै ईटा भट्टामा हालिएको थियो । सोही प्रकरणमा कांग्रेस मोहम्मद अफताव आलम अहिले पक्राउ परेका छन् । त्यतिवेलाको चुनावमा मोहम्मद अफताव आलमको चुनावी प्रायोजनका लागि आफन्तको घरमा जम्मा गरिएको बम बिष्फोटमा परी घाइते भएकालाई स्थानीय इट्टाभट्टाको चिम्नीमा हाली हत्या गरेको अभियोगमा आलम अहिले प्रहरी हिरासतमा छन् ।

उनलाई म्याद थप गरेर अनुशन्धान गरिएको छ । उक्त घट्ना हुँद्या ताका कांग्रेस नेता कृष्ण प्रसाद सिटौला गृहमन्त्री थिए । उनकै निर्देशन र ठाडा आदेशमा त्यो घट्नालाई सामसुम बनाईएको अहिले कुरा उठेको छ । यो प्रकरणमा सिटौलालाई पनि अनुशन्धानको दायरामा ल्याउनुपर्ने माग छ । सिटौलामाथि शक्तिको आडमा आलमलाई बचाएको आरोप छ ।

त्यस्तै, सभापति शेरबहादुर देउवाको पनि नाम वाईडबडी खरिद प्रकरणमा मुछिएको छ । यो प्रकरणमा छानबिन गर्दा उनलाई पनि अनुशन्धानको दायरामा ल्याउनुपर्ने माग छ । तर, देउवाले आफू यो प्रकरणमा कुनैपनि हालतमा संलग्न नभएको जिकिर गर्दै आएका छन् । उनले त संघीय संसदको रोष्ट्रममै उभिएर निश्पक्ष छानिबन गर्नुपर्ने र अनियमितता गर्ने जो कोहीलाई पनि कानुनी कारबाहीमा ल्याउनुपर्ने माग गरेका छन् ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।