तिहारको लागि फूल, कतै पहेलै त कतै फुल्न तम्तयार

शिव डुम्रे, बुटवल । अरुबेला बा’झैं रहने रुपन्देहीका खेतहरुमा यतिबेला सयपत्री फूलहरु ढकमक्क छन। कतै फूलेर पहेलै त कतै कोपिलाहरु फुल्नको लागि तम्तयार देखिन्छन। फूलैफूलको पर्व तिहारलाई लक्षित गरी लगाएका फूलहरु अब भने फुलेर तयार भएका छन् । विगतका बर्षहरुमा जस्तो यस बर्षमा सयपत्री फूल आयात गर्नु नपर्ने संकेत देखिएको छ ।

रुपन्देही लगायतका धेरैजसो जिल्लाहरुमा फूलहरुमा आत्मनिर्भर हुने सम्भावनासँगै फूल आयात घट्ने स’म्भावना बढेको देखिन्छ । व्यवसायिक रुपमा पुष्प खेती गर्ने कृषकहरुको संख्यामा बृद्धि भएको देखिन्छ। रुपन्देहीको तिलोत्तमा नगरपालिका – ४, डिंगरकुवास्थित एक कृषक समूह गठन गरी व्यवसायीक रुपमा फूलको खेती गरेका छन् । क्षितीज नमूना कृषक समूहको नामबाट पहिलोपटक यसरी गरिएको फूलखेतीले कृषकहरुमा हौसला र उर्जा थपिएको देखिन्छ ।

प्रदेश सरकारले गत जेठमा व्यवसायिक पुष्प खेती तथा बगैंचा व्यवस्थापन तालिम दिएपछि सो तालिमलाई व्यवहारमा प्रयोग गर्दै उनीहरुले आफ्नै लगानीमा ५ कठ्ठा जग्गामा सयपत्री फूलको व्यवसायीक खेती सुरु गरेका हुन् । तालिम लगतै फूलका विउँहरु लिएर ९ जनाको समूह निर्माण गरी फूलहरु लगाएपछि पहिलो प्रयास नै यसरी सफल होला जस्तो लागेको थिएन क्षितीज नमूना कृषक समूहकी अध्यक्ष नविना भण्डारीलाई तर फूलहरु देख्दा र अवलोकन कर्ताको प्रतिक्रियाले थप हौसला र आशा बढेको छ ।

उनी भन्छिन्, ‘यसरी व्यवसायीक फूलखेती गर्नेहरुलाई कृषीसम्बन्धी संस्थादेखि नगरपालिका सम्मले विशेष प्राथमिकता दिएर अनुदान, बजार लगायतको व्यवस्थापन गरिदिने हो भने अझ राम्रो हुन्थ्यो ।’ यस्तै व्यवसायीक पुष्प खेती तथा बगैंचा व्यवस्थापन तालिमकी प्रशिक्षक एवं बुटवल तामनगर नर्सरीकी संचालक सिर्जना बस्यालको पनि महिला दिदीबहिनीहरुको फूलखेतीप्रतिको आकर्षण देख्दा दंग छिन् ।

बेरोजगार बसेका दिदिबहिनीहरुको फूल खेतीसँगै कृषिमा लाग्नुले व्यवसायीकता र समय व्यवस्थापनको दृष्टिले निकै राम्रो हुने उनी बताउँ छिन् । बस्यालले भनिन्, ‘फूलहरुको बजारको चिन्ता नगुर्नस्, तालिममा सिकेको कुरालाई व्यवहारमा लागू गर्दै अझ राम्रो बना उने प्रयास गर्नुस् ।’ समूहका महिला र पुरुषहरु यतिबेला बगैचाको रेखदेखदेखि फूलहरुको व्यवस्थापनमा खटिरहन्छन्, फूल भन्दा पनि माला विक्रि गर्ने योजना बनाएको समूहले फूलहरु पूर्ण रुपमा फुलेपछि ५ देखी ७ हजार माला बेच्ने लक्ष्य लिएको छ ।

दैनिक रुपमा अवलोक गर्न आउनेहरुले समेत फूल र मालाहरु अर्डर गरिसकेको समूहका महिलाहरु बताउँछन् । समूहले फूलको व्यव सायीक खेती लाई नियमित रुपमा संचालन गर्ने र फूलसँगै अन्य तरकारी एवंम फलफूल खेतीलाई समेत अगाडि बढाउने योजना बनाएको बताउँछन् । फूल व्यवसाय कम लगानी र मिहेनेतमा छिटो मनग्य आम्दानी गर्ने व्यवसाय हो ।

लामो समयदेखि पुष्प व्यवासायमा लागेका पुष्प व्यवसाय संघका केन्द्रिय सदस्य एवं प्रदेश ५ का संयोजक रमेश पाण्डेले नेपालको हावापानी पुष्प खेतीको लागि निकै राम्रो रहेको भन्दै विदेशबाट आयात हुने फूलहरुलाई पूर्णः बन्द गरी नेपालबाट निर्यात गर्ने अवस्था सम्म पु¥याउन सकिने बताए । उनले प्रदेश नं। ५ मा यस बर्ष निकै राम्रो फूलहरु उत्पादन भएको भन्दै अर्को बर्ष यसलाई थप विकास गरेर लैजाने समेत जानकारी दिए ।

लगानी र बजारीकरणको समस्या रहेको पुष्प व्यवसाय चाडपर्वको बेलामा मात्रै होइन अन्य उत्सव तथा नियमित संस्कार र विभिन्न कार्यक्रमहरुमा अनिवार्य फूलको प्रयोगले महत्व बढाएको छ,अझ यसैबर्ष देखि तिलोत्तमा नगरपालिकाले त आयातित् माला र फूलहरु लाई निषेध गरी मौलिक उत्पादन प्रयोग गरिरहेको छ । अन्य स्थानीय तहले पनि यस्तै मौलिक उत्पादनलाई बढवा दिने र व्यवसायीक खेतीलाई प्रोत्साहन गर्न विभिन्न अनुदान मुलक कार्यक्रमहरु ल्याउनुपर्ने जरुरी देखिन्छ ।-सिधाकुरा

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।