आफ्नै पक्षका विद्यार्थी नेताहरुले देउवालाई दिए यस्तो चे’तावानी…

काठमाडौँ । विद्यार्थी आन्दोलनको इतिहास बोकेको नेविसंघ गत वर्षको माघ २८ देखि अहिलेसम्म नेतृत्व विहीन छ। गुटको राजनीतिमा कमजोर हुने देखेर पार्टी नेतृत्वले असहयोग गरेपछि ०७३ सालमा महाधिवेशनबाट निर्वाचित नैनसिंह महरले गत वर्षको माघ २८ गते सभापति शेरबहादुर देउवा समक्ष राजीनामा दिएका थिए ।

त्यस यता नेविसंघ अध्यक्षको दौडमा धेरै विद्यार्थी नेताहरु देखिएपनि अधिकांशलाई अहिलेसम्म कुनै निर्णय नगरी सभापति देउवाले थकाइदिएका छन् । कहिले सरोज थापा, कहिले पुष्प शाही कहिले ऋषिकेशजंग शाह त कहिले राजीव ढुंगानाका नाम सार्वजनिक भएपनि सभापति देउवाले अहिलेसम्म कसैका नाममा निर्णय गरेका छैनन् ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले गत चैतमै निर्णयको अधिकार सभापति देउवालाई दिएको थियो । तर, सभापति देउवाले आफ्नै गुटभित्रका आकांक्षी धेरै भएर व्यवस्थापन गर्न नसकेपछि निर्णय नै नगरेर थकाउने रणनीति अख्तियार गरेका थिए ।

निर्णय नगरेकोमा देउवासँग आफ्नै गुटका पार्टी नेतादेखि गुटका विद्यार्थी नेतासम्म रुष्ट छन् ।‘पार्टीले नै केन्द्रीय समितिबाट सभापतिजीलाई नेविसंघ नेतृत्व तोक्ने अधिकार दिएको हो, ढिला हुनुपर्ने प्रत्यक्ष कारण देखिएको छैन,’ नेविसंघ निर्देशक समितिका संयोजक समेत रहेका सहमहामन्त्री डा प्रकाशशरण महतले भने, ‘सभापतिजीले किन ढिला गरिरहनुभएको छ। त्यो उहाँलाई नै थाहा होला।’

सभापति देउवासँग उनको गुटमा रहेका पार्टी नेता मात्र नभएर विद्यार्थी नेताहरु पनि आक्रोशित बनेका छन् । विद्यार्थी नेताहरुले त अध्यक्षका प्रत्यासीहरु नै सामूहिक रुपमा गएर देउवालाई चेतावनी दिइसकेका छन् । दशैंको नवमीका दिन देउवा निवास पुगेका अध्यक्षका प्रत्यासीहरुले नेविसंघको ‘करेन्ट पोलिटिक्समा रहेका’लाई अध्यक्ष बनाउन सुझाव दिँदै आफूहरु म नै बन्नुपर्छ भन्ने पक्षमा नरहेको बताइसकेका छन्।

निवर्तमान अध्यक्ष नैनसिंह महर, महामन्त्री सरोज थापा, उपाध्यक्ष पुष्पराज शाही, कपिलेश्वर यादव तथा पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाह १२ औ महाधिबेशनमा अद्यक्षका प्रत्यासी बनेका शुभराम बस्नेतले संयुक्त रुपमा भेटेर देउवालाई नेविसंघबाट हराइसकेका व्यक्तिलाई ल्याए दुर्भाग्य हुने चेतावनी दिएका थिए ।

भेटका क्रममा देउवाले आफूले गर्ने निर्णले विद्यार्थी नेताहरुले मान्नु पर्ने निर्दशात्मक अभिव्यक्ति दिएका थिए ।‘तिमीहरुले सुझाव दिने हो, निर्णय मैले गर्ने हो,’ भेटका क्रममा देउवाले भनेका थिए, ‘सबैले सहयोग गरे जो ल्याएपनि संगठन बलियो हुन्छ। असहयोग गर्ने हो भने संगठन मात्र हैन असहयोग गर्ने झन कमजोर हुन्छ।’

देउवाले त्यसो भन्दा पूर्वउपाध्यक्ष ऋषिकेशजंग शाहले वर्तमानमा विद्यार्थी राजनीतिमा रहेको भन्दा बाहिरको नेतृत्व ल्याए त्यसले संगठन कमजोर बनाउने र त्यसको सबैभन्दा ठुलो असर आउँदै गरेको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा पर्ने बताएका थिए ।

‘विद्यार्थी राजनीतिबाट लामो समय ‘ग्याप भइसकेको’ नेतृत्वमा ल्याए त्यसले संगठनलाई कमजोर बनाउँछ,’ शाहले भने, ‘सगठनमा पकड भएन भने त्यसले स्वतन्त्र विद्यार्थी यूनियन चुनावमा पनि असर गर्छ। यही कुरा हामीले सभापतिज्यूलाई ध्यानाकर्षण गराएका थियौं।

’सभापति देउवाले भने विद्यार्थी नेताहरुले त्यसो भन्दा ०६४ सालमा नेविसंघ उपाध्यक्ष भएर त्यसयता विद्यार्थी राजनीतिमा नरहेका राजीव ढुंगानाविरुद्ध गुटबन्दी गरेको अर्थ लगाएका थिए । ‘विचरा त्यो राजीव विरुद्ध तिमीहरु एक हुने ?,’ भेटमा सहभागि निवर्तमान उपाध्यक्ष शाहीले देउवाको भनाई उदृत गर्दै भने, ‘तिमीहरुलाई म कहि न कहि सेटल गर्छु। मैले निर्णय जे गरेपनि तिमीहरु बाधक बन्न पाउँदैनौ।’

देउवाले बिचरा राजीव भनेपछि सरोज थापा जंगिएका थिए । ‘राजीव विचरा भए हामी चाँहि के, हामी विचरा कि राजीव विचरा,’ निवर्तमान महामन्त्री थापाले भने, ‘हामी तपाईसँग लाग्दा के के गुमाएका छौ, उसले वा अरुले के के हिसाव गरौ ।

मुल्यांकन पद्धति यही होरु नेविसंघ नेविसंघ भन्नेलाई पाखा लगाउने अनि नेविसंघ छोडिसकेकालाई ल्याएर उभ्याउने ?’ केहीबेर थापा जंगिएपछि देउवा झन जंगिदै भित्र गएका प्रत्यक्षदर्शीले बताए। देउवा जंगिएपछि हिँड्ने तयारीमा रहेका नेताहरुलाई केहीबेरमा निस्किएर देउवाले पुनः थुमथुम्याउने प्रयास गरेका थिए ।

‘तिमीहरु आवेशमा नआओ, मसँग हिडेका कसैलाई अन्याय हुन दिन्न, कतै न कतै सेटल गरेर छोड्छु,’ देउवाको भनाइ उदृत गर्दै शाहीले भने,’तर, नेविसंघका विषयमा निर्णय म गर्छु, तिमीहरुले त्यसलाई सहयोग गर्नुपर्छ।’त्यति भनेपछि विद्यार्थी नेताहरुले ‘जो ल्याउनुहुन्छ ल्याउनुस्, तपाई संगठनमा बलियो हुने कमजोर हुने त्यही निर्णयबाट हो, अव ढिला नगर्नुस्’ भनेर विदा लिएका थिए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।