पिठो मिसाइएको पाइएपछि धनगढीका ५ पसलबाट मिठाइ जफत, एकमा उत्पादन रोक्का

धनगढी– नजिकिँदै गरेको चाड तिहारलाई लक्षित गर्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले बजार अनुगमन गरेको छ।मङ्गलबार र बुधबार गरी मुख्य बजारका १९ मिठाइ पसलमा गरेको अनुगमनका क्रममा सङ्कलित नमूनामा पिठो मिसिएको पाएपछि कार्यालयले बसपार्कको भद्रपुर स्विट हाउस, अदालत रोडको मधुवन स्विट हाउस, पुष्पलाल चोकको सदाबहार फास्टफुड, जुगेडा रोडको नवीन होटल र मोती चोकको अनुकूल डेरी गरी पाँच पसल मिठाइ जफत गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका वरिष्ठ खाद्य अनुसन्धान अधिकृत सुमन धितालले जानकारी दिए।

उनका अनुसार मिठाइमा झण्डै ८ किलोग्राम पिठो मिसिएको पाइएको थियो।त्यस्तै, क्याम्पस रोडको न्यू अनुपमा स्विट एन्ड बेकरीको उत्पादनस्थल अत्यन्तै फोहर रहेको पाइएपछि उत्पादन रोक्का गरिएको वरिष्ठ खाद्य अनुसन्धान अधिकृत धितालले बताए।

नवीन होटल र सदावहार फास्टफुडबाट उपभोग्य मिति सकिएको करिब १६ लिटर पेयपदार्थ पनि जफत गरिएको छ।तिहारको समयमा मिठाइ बढी बिक्ने भएका कारण मौका छोपेर मिसावट गरी बिक्री वितरण हुनसक्ने सम्भावनालाई मध्यनजर गर्दै खाद्य अनु्सन्धान अधिकृत दीपक कुँवरको नेतृत्वमा अनुगमन टोली खटाइएको र टोलीले हरेक पसलबाट नमूना सङ्कलन गरी कार्यालयको प्रयोगशालामा परीक्षण गरिरहेको जनाइएको छ। रासस

मोहन राई

मोहन राई

(राई धनकुटा खबरका सह-सम्पादक साथै नेपाली समाचार डटकम,टुडेप्रेस डटकम र नेपाली समाचार साप्ताहिकमा समेत आवद्द छन् । )

More Posts - Website

Follow Me:Add me on XAdd me on YouTubeAdd me on InstagramAdd me on TikTokAdd me on Threads



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।