३३ तोला सुनसहित एकजना बे’पत्ता
कास्की । पोखराको न्यूरोडस्थित गोरखा एण्ड बराह ज्वेलर्स इण्डष्ट्रिज प्रालिमा काम गर्ने एक व्यक्ति ३३ तोला सुनसहित सम्प’र्कवि’हीन भएका छन् ।
भारतको कलकत्ता घर भई उक्त ज्वेलर्समा काम गर्दै आएका अन्दाजी ३७ वर्षीय रञ्जन राजवंशी बुधबार दिउँसो ३ बजेदेखि सम्पर्कवि’हीन भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए ।
ज्वेलर्सको ३३ तोला सुन लिइ सिर्जनाचोकस्थित गहना बनाउने ठाउँमा लिइ गएकामा बे’खबर भएको सू’चना प्राप्त हुनासाथ तत्काल प्रहरी परिचालन गरी घ’टनाका सम्बन्धमा अ’नुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस


