अ’पराधीको पक्षमा कांग्रेसको जु’लुस, का’लोपटीसहित प्र’दर्शनमा उ’त्रिए कार्यकर्ता

रौतहट, ८ कार्तिक । नि लम्बित सांसद मोहम्मद अफ्ताव आलम प क्राउको विरोधमा नेपाली काँग्रेसका कार्यकर्ताले कालोपटीसहित प्र दर्शनमा उत्रेका छन् ।

ज्या न मा र्ने अभियोग लागेका कांग्रेसका नेता मोहम्मद अफ्ताव आलमको बचाउमा नेपाली कांग्रेस सडकमा उ त्रेको छ । आलमले १२ बर्ष अघि गौरको इट्टा भट्टामा जि उदै मानिस ज लाएको अभियोग छ । शुक्रबार काँग्रेस निकट कार्यकर्ताले जिल्ला सदरमुकाम गौरमा मुखमा कालोपटी बाँधेर मौन प्र दर्शन गरेका हुन् ।

नेपाली काँग्रेस जिल्ला कार्य समितिको निर्णयअनुसार आज बिहान ११ बजे गौरमा मौन प्रदर्शन गरिएको पार्टी जिल्ला सदस्य सुमन गौतमले जानकारी दिए । गौतमले शुक्रबार बिहान निर्धारित समयमा गौरमा हुने प्रदर्शन सहभागी हुन सामाजिक सञ्जाल फेसबुकमार्फत जिल्लाका कार्यकर्ताहरुलाई आग्रह समेत गरेका थिए ।

पहिलो संविधानसभाको पूर्वसन्ध्या २०६४ चैत्र २७ गते बम विष्फोटनमा घाइते दर्जन बढी मानिसलाई ईँटाभठामा जिउँदै जलाएको आरोपमा आलम अहिले प्रहरी हिरासतमा रहेका छन् । सर्वोच अदालतको आदेशमा उनलाई गत असोज २६ गते गौर चन्द्रनिगाहपुर सडकखण्डको इद्रिशगेट नजिकैबाट आलमलाई प्रहरीले पक्राउ गरेको थियो ।

नेपाली कांग्रेस अभियुक्तको पक्षमा खुलेर लाग्नुलाई धेरैले आश्चर्यका रुपमा हेरेका छन् । उक्त घटनामा कांग्रेसका ठुलै नेता र तत्कालिन सरकार र प्रहरी प्रशासनको समेतको मिलोमतोमा घटना दबाइएकोले कांग्रेस आलमको पक्षमा खुलेरै लागेको जानकारहरु बताउछन । अदालतको काम कारबाही विरुद्ध नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा देखि युवा नेता गगन थापाले अभिव्यक्ति दिनुलाई बिडम्बना भएको सर्बसाधारणको बुझाइ छ ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।