कास्की २ मा रवीन्द्र पत्नी विद्याको नाम सिफारिस
काठमाडौं । सत्तारुढ दल नेकपाले मंसिर १४ गते हुने उपनिर्वाचनमा कास्की २ को प्रतिनिधिसभा सदस्यको उम्मेद्वारका लागि विद्या भट्टराईको नाम सिफारिस गरेको छ ।
तत्कालीन पर्यटनमन्त्री अधिकारीको हेलिकप्टर दु र्घटनामा परि नि धन भएपछि रिक्त रहेको प्रतिनिधिसभा सदस्य पदका लागि नेकपाले भट्टराईको नाम सिफारिस गरेको हो ।
केही समय अघिसम्म सो क्षेत्रमा नेकपाबाट नेता वामदेव गौतमको चर्चा सुनिन्थ्यो । भट्टराई तत्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीकी श्रीमती हुन् ।



