कार्यकर्तालाई दोहोरो भुमिका नखेल्न अनुरोध गर्दै शेखर कोइरालाले भने,- कोइराला परिवारबाटै भावी सभापति

रामकुमार श्रेष्ठ, नवलपरासी । नेपाली काँग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइरालाले कोइराला परिवारबाटै नेपाली काँग्रेसको पार्टी सभापति बन्न सक्नेमा संकेत गरेका छन् । विहीबार नवलपरासीको कावासोतीमा प्रेस युनियन नवलपुरले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् । उनले भने, ‘हामी ३ कोइरालाबीच भाइटिकाको दिन पनि केही छलफल भयो, फेरि पनि हुन्छ । हामी ३ जनाबीच छलफल भइरहेको छ, हानथाप गर्दैनौं ।’

उनले लोकतन्त्र खतरामा परेकोले लोकतन्त्र रक्षाका लागि कोइराला परिवार चुप लागेर बस्न नसक्ने बताउँदै आगामी महाधिवेशनबाट काँग्रेसको नेतृत्व कोइराला परिवारबाटै हुने संकेत गरे । पत्रकार सम्मेलनमा सहभागी काँग्रेस कार्यकर्ताहरुतर्फ इंकित गर्दै उनले भने, ‘तपाईहरु शंशाककोमा गएर शशांकलाई तपाई पार्टी सभापति हुन पर्छ, सुजताकोमा गएर तपाई सभापति हुनु पर्छ र म कहाँ आएर म सभापति हुनु पर्छ भनेर दोहोरो भुमिका नखेलिदिनु होला ।’

डा. शेखर कोइरालाले काँग्रेसको नेतृत्व सधैं कोइरालाले नै लिनु पर्छ भन्ने नरहेको उनले बताए । उनले भने, ‘काँग्रेस आज यहाँ सम्म आउन कोइराला परिवारको मात्रै योगदान नभएर सबैको उत्तिकै योगदान छ । त्यसैले कोइराला परिवारबाट नै पार्टी सभापति बन्नु पर्छ भन्ने पनि होइन ।

उनले नयाँ नेतृत्व आउनु पर्नेमा जोड दिंदै शेरबहादुर देउवा, रामचन्द्र पौडेल जस्ता अनुभवी र पार्टीमा योगदान पुर्याएका नेताहरुले आफ्नो अनुभव बाँढेर पार्टीमा नयाँ नेतृत्व दिनु पर्नेमा जोड दिए । कार्यक्रममा उनले उपनिर्वाचनका लागि पार्टीमा पदाधिकारीबीच उम्मेदवार चयनमा छलफल चलिरहेको र दुई दिनमा उम्मेदवार तय हुने पनि बताए ।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।